अनुष्का श्रेष्ठ Archives - BIZMANDU
‘स्वदेशमा रोजगारीका अवसर नभएका होइनन्, काम गर्न फराकिलो दृष्टिकोणको खाँचो छ’
नेपाली युवाहरु विदेशमा पढ्न जाने विषयलाई दुई वटा दृष्टिकोणबाट हेर्नुपर्छ। बाहिरबाट फराकिलो दृष्टिकोणले हेर्दा के देखिन्छ र विद्यार्थीको मनमा वास्तविक के चल्छ?
म आफैं सन् २०१४ मा गार्जियनसीपको डकुमेन्ट नानाथरी प्रक्रिया र कागजात बुझाउनुपर्ने भएकाले १८ वर्ष पुगेपछि पढ्नका लागि विदेश गएकी थिएँ। जानुभन्दा २/३ महिना अघिसम्म खासै केही सोच थिएन। म काठमाडौंमा जन्मे हुर्केको मान्छे हुँ। म लोभिएर जानुपर्ने अवस्था होइन। शैक्षिकरूपमा राम्रै हुनेगरि जाने भन्ने थियो।
अलिकति अलोकप्रिय कुरा गर्दा विदेश जानुअघि आफू कतिको कत्तिको तन्किन सक्छु भनेर जानुपर्छ। काठमाडौंमा अंग्रेजी माध्यमको स्कुलमा  पढेलेखेकी थिएँ। १८ वर्षको भए पहिले बीबीए, एमबीए, अनि २ जना बच्चा जन्माइहाल्छु पर्छ २६ वर्षसम्म भन्ने सोच। त्यसपछि त मौका पाइँदैन होला भन्ने हुन्छ।
खासै विदेश जाने भन्ने आँट आइ हालेन। हामी सबैको अहिले विदेशमा मामा, काका, फूपु कोही न कोही विदेशमा भइहाल्छन्। ठिक छ नि त ब्याचलर पढ्ज जान्छु भनियो। त्यसपछि गएँ। विदेशमा गएका युवाले गाली खानुपर्छ, सम्झाइबुझाइ पनि खानुपर्छ। तर अपजस चाहिँ खानु हुँदैन। देश, घर, परिवारलाई माया नगरेर, आफ्ना बारेमा मात्रै सोचेर स्वार्थी भएर गएको चाहिँ होइन। धेरै तहका मूल्यांकन नभएका कारणहरु छन् जसले पढ्न युवाहरु विदेशिइरहेका छन्।
धेरै ठाउँमा देखासिकीका कारण  पनि कतिपय युवाहरु गइरहेको सुनिन्छ। फलानाका छोराछोरी गइसके भनेर परिवारबाट पनि केही प्रेसर भएको हुन सक्छ। परिवारबाट सामाजिक प्रतिष्ठाका लागि पनि प्रेसर आइरहेको छ।
नेपालबाट युवाहरु विदेशिनुमा अर्को महत्त्वपूर्ण कुरा रोजगारीका अवसर नपाउनु हो। मेरो अनुभवलाई हेर्ने हो भने मैलै हाईस्कुल पढ्दापढ्दै सोसल मिडिया मार्केटिङको जागिर खाइसकेको थिएँ। उता गएपछि मैले सरसफाइको काम सुरु गरेकी थिएँ। सरसफाइको काम गर्दागर्दै त्यही अफिसमा के गर्दै छौ भनेर सोध्नुभयो। मैले अकाउण्टिङ गर्दैछु भनेँ, त्यतिबेला  १९ वर्षकी थिएँ। अन्तर्वार्ताका लागि आउनु भन्नुभयो। जुन अफिसमा सरसफाइको कामका लागि जान्थेँ त्यही अफिसमा जुनियर अकाउण्टिङको रुपमा काम थालेँ। सर्टपाइन्ट लगाएर ल्यापटप चलाउन  पाएको केके न पाए जस्तो भयो। पढ्दापढ्दै भ्याटिकन सिटीमा इन्टर्नसीप गर्ने अवसर पाएँ। त्यसपछि अष्ट्रेलियाकै सबैभन्दा ठूलो कमनवेल्थ बैंकमा काम गर्ने अवसर पाए।
त्यहाँको सबै छाडेर मिस नेपालमा भाग लिन आएँ। अहिले गर्वका साथ यहाँ काम गरिरहेको छु। मौलिक मिठाइहरुलाई उत्पादन र प्रवर्धन गरिरहेको छु।
नेपालमा रोजगारीका अवसरहरु पाइँदैन भन्ने एउटा ट्याग छ। यहाँ फर्केपछि यो गलत लाग्छ। ठूला, ठूला बिजनेस हाउसहरु छन्। साना, साना व्यवसाय गर्नेहरुले समेत चाहेको जस्तो जनशक्ति पाउने अवस्था छैन। राम्रो तलबसुविधा र अवसर दिन्छु भन्दा पनि पाउने अवस्था छैन्। साना-साना व्यवसायले नै जनशक्ति पाउन सकेका छैनन्। रोजगारी नपाउने र जनशक्ति नपाउनेलाई म्याच गराउनुपर्छ।
आफ्नो  घरमा पाकेको चिया खाँदै, गफ गर्दै, दसैंतिहार, जात्रा, छठ मनाउन पाउँदापाउँदै केही न केही कारण होला नि, सबै कुरा छाडेर रुँदै विदेश जानुपर्ने। ठूला-ठूला कुराहरुसँगै साना-साना सामाजिक कुराहरुमा पनि ध्यान दिनुपर्छ। गरिखान ठाउँ दिनुपर्छ।
सडक पूर्वाधार र स्वास्थ्य पूर्वाधारका कारण पनि नेपालमा बस्ने आँट गर्न नसक्ने हो कि। सबैतिर खाल्डाखुल्डी सडक छ। यी दुईवटा आधारभूत पूर्वाधार र सामाजिक कुराहरुमा केन्द्रित हुने हो भने हामीमध्ये धेरै यहीँ बस्न छनोट गर्छौं होला।
म मिस नेपाल हुँदा सुरु गरेको व्यवसाय फेन्सी प्याकेजिङमा राखेको भए सायद चौथो वर्षसम्म हुँदैन थियो। उत्पादन नै राम्रो  हुनुपर्छ। ब्राण्ड भनेको अनुभव हो। नेपालमा त्यस्तो अनुभव दिलाउनका लागि अवसर नै अवसर छ। यो पर्यटकीय सम्भावना भएको ठाउँ पनि हो।
म स्वदेशी अभियानमा पनि छु। म आफैं पनि साना-साना कुरामा ध्यान दिन्छु। मैले लगाइरहेको हातै बुनेको ढाकाको सारी होस् कि नेपाल मेड लेदर ब्याग होस् कि। नेपाली उत्पादनमा हामी व्यावसायिक रूपले सक्षम हुन्छौं त, कहिलेसम्म प्लिज किनिदिनुस्न किन भन्ने ?
हामी कर्मर्सियल मार्केटमा विचरा नेपाली भनेर एक पटक किन्छौं होला। विचरा नेपाली भनेर दोस्रोपटक कसैले सेवा सुविधा र उत्पादन किन्दैन।अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी हुनुपर्छ र हुन सक्छौं। हाम्रो छुर्पीलाई हेर्न सकिन्छ। यो अन्तर्राष्ट्रिय मार्केटमा प्रतिस्पर्धा गरेर बिकेको छ।
नेपालमा उत्पादन किन धेरै बिक्दैन, नबिक्नुको कारण महँगो छ, किन महँगो छ भन्दा स्केलअप नै गर्न सक्दैन। यो भाष्य कहिलेसम्म रहिरहने? हामी सबैको दायित्व पनि हुन्छ ग्लोबल उत्पादनलाई एउटा अवसर दिनुहुन्छ भने नेपाली उत्पादनलाई दोस्रो पल्ट अवसर दिनुहोस्। दोस्रो पटकसम्ममा  उत्पादन राम्रो बनाउने जिम्मा हाम्रो। त्यसपछि पनि भएन भने अरु चिज छाडेर माक्कुसे कसले खान्छ? मिठो भएर न खानुहुन्छ। नेपाली उत्पादनलाई दुई पटकसम्म माया गरेर सकारात्मक प्रतिक्रिया दिनुहोस्।
भ्यालेन्टाइन डे मा चकलेटको ठाउँमा पुष्टकारी दिन थाल्यौं। कहाँबाट आयो त यो ट्रेण्ड? विचरा नेपाली भएर गरेको होइन। व्यावसायिक रूपमा सक्षम भएर हो। विचरा भनेर १० रुपैयाँसम्म बढी तिर्न सकिएला ४/५ सय रुपैयाँ बढी त तिर्न सकिँदैन। यो साइको ब्रेक  गर्न दोस्रो  अवसर नेपाली उत्पादनलाई दिनुपर्छ।
लगानी सम्मेलनको तयारीमा हामी छौं।  सरकारका नीतिले स्थानीय सामाग्रीबाट बन्ने उत्पादनहरुलाई प्रोत्साहन गर्नुपर्छ। माक्कुसे जस्तो सानो उद्योगको कुरा गर्ने हो भने हामीले ८५ प्रतिशत कच्चा पदार्थ नेपालकै प्रयोग गर्छौं। नेपाली लोक्ताकै हामीले प्याकेजिङ प्रयोग गर्छौं। खुवा नै उत्पादन गर्छौ।
९५ प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरुलाई सरकारले सहुलियत दिने नीति लिनुपर्छ। अरु पनि प्रोत्साहित हुन्छन्।  आयातभन्दा स्वदेशी वस्तुको प्रयोग बढ्छ।
प्याकेजिङमा सामान आयातमा ४० प्रतिशत कर लगाइएको छ। त्यति गर्दा गर्दै प्रतिस्पर्धी हुन सकिएको छैन।
कोभिडको समयमा सुरु गरेको व्यवसाय हो, माक्कुसे। कोभिड नभएको भए हामी प्याकेजिङको सामानका लागि चीनतिर जान्थ्यौं होला। यहीँ खोज्यौं, हामी गर्वका साथ भन्छौं, खुवा काभ्रेबाट आउँछ, लोक्ता सबै यहीँ बन्छ। तामाको सामान यही बन्छ। नेपालबाट विदेश जाँदा ‘गर्वका साथ लैजाने चिज बनाइदिनु भयो है’ भन्दा गर्व लाग्छ। सही दिशामा पाइला चाल्न थालेका छौं।
अन्त्यमा, सानोमा विद्यार्थीहरुलाई कसैले के बन्ने भनेर सोध्यो सबैको उत्तर हुन्छ- डाक्टर, इन्जिनियर, पाइलट इत्यादि। हाम्रो सिनेमाहरुमा पनि जागिर मान्छे इमान्दार देखाइन्छ, बिजनेसनम्यानलाई गुण्डाको भूमिकामा देखाइन्छ। सेतो सुट लगाएर ब्रिफकेस बोकेको। सानैदेखि नेपालीको मनमा बिजनेस गर्नेहरुले चोरेर खाएको भन्ने परेको छ। यो व्यवसाय हो, गर्वका साथ बिजनेस गर्दैछु भन्ने हुनुपर्छ। राम्रो काम गरेर सम्पत्ति कमाउँदा नै अर्थतन्त्र राम्रो हुन्छ भन्ने धारणा विकास गराउनुपर्छ।  त्यो आइडिया स्कुल तहबाट सिकाउनुपर्छ।
विदेशमा गएर म सरसफाइको काम गर्दा मसँगै केयूका एक जना प्रोफेसर हुनुहुन्थ्यो। उहाँ प्रोफेसरलाई किन त्यत्रो काम छोडेर यहाँ आउनु भएको भन्दा ‘तनाव छ बहिनी’ भन्नुभयो। तनाव कमन शब्द भएको छ। पढ्दापढ्दै राम्रो गर्नेलाई रोजगारीको अवसर दिन्थ्यो। भर्खर आएका भाईलाई सोधेँ – के गर्नुहुन्छ भाई भनेर, उहाँले अकाउन्टिङ गर्छु भन्नुभयो। दुई महिनामै कसरी पाउनु भयो भनेर सोध्दा ‘ड्याङडुङ अप्लाइ गरिरहेको पाइहालेँ नी दिदी’ भन्नुभयो।
धेरै जनालाई के काम गर्छौ भन्दा राम्रो काम नै पाइँदैन भन्छन्। नेपालबाट बाहिर गएका नेपालीहरुभित्र जुन नेपालीपन छ त्यसले अण्डर कन्फिडेन्स भएको हो कि। किन हाम्रो प्रोडक्ट चाहि महँगो हुन नहुने राम्रो भए पनि? हाम्रो टुरिज्म महँगो हुन नहुने? किन हाम्रो उत्पादन व्यावसायिक रूपमा सक्षम नहुने?
नेपालीको उत्पादन राम्रो छ। हामी सक्षम छौं भन्ने देशदेखि विदेशमा रहेका नेपालीहरुभित्र सकारात्मकता हुन जरुरी छ।
The post ‘स्वदेशमा रोजगारीका अवसर नभएका होइनन्, काम गर्न फराकिलो दृष्टिकोणको खाँचो छ’ appeared first on BIZMANDU.