‘गरिमा रेमिट’ र ‘लुम्बिनी रेमिट’ सञ्चालनमा आउने, गरिमा र लुम्बिनी बैंक बिच सम्झौता

बिजमाण्डू
२०७५ जेठ ३१ गते १०:२१ | Jun 14, 2018

Tata
GBIME
Nepal Life

काठमाडौं। गरिमा विकास बैंक र लुम्बिनी विकास बैंक बीच एकआपसमा ‘गरिमा रेमिट’ र ‘लुम्बिनी रेमिट’ सञ्चालन गर्ने सम्झौता भएको छ।

बुधबार गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र लुम्बिनी विकास बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौतापश्चात लुम्बिनी विकास बैंकका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ।

त्यस्तै गरिमा विकास बैंकका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट पनि लुम्बिनी रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ।