अन्तशुल्क बढेपछि बजाजले बढायो बाइकको मूल्य, स्टक रहुन्जेल पूरानै मूल्य, कुन बाइक कति बढ्यो?

बिजमाण्डू
२०७५ जेठ २२ गते १०:०८ | Jun 5, 2018
अन्तशुल्क बढेपछि बजाजले बढायो बाइकको मूल्य, स्टक रहुन्जेल पूरानै मूल्य, कुन बाइक कति बढ्यो?

काठमाडौं।सरकारले सडक कर र सीसी अनुसारको अन्तशुल्क निर्धारण गरेपछि बजाज बाइकको नयाँ मूल्य सार्वजनिक भएको छ।

Tata
GBIME
Nepal Life

बजाजको नेपालको अधिकृत बिक्रेता हंशराज हुलाश चन्दले बजाजका सबै बाइकको एमआरपी सार्वजनिक गर्दै स्टक रहुन्जेल पूरानै मूल्यमा बिक्री गर्ने घोषणा गरेको छ।सीसी अनुसार बाइकमा अन्तशुल्क लगाउँदा बजाजको डोमिनार-४००मा १ लाख ३० हजार रुपैयाँ मूल्य बढेको छ।पहिला डोमिनारको मूल्य ४ लाख ६९ हजार ९ सय रुपैयाँ थियो।अब यो बाइकको मूल्य ५ लाख ९९ हजार ९ सय भएको छ।बजाजको पल्सर एनएस-२००को मूल्य ३४ हजार रुपैयाँ बढेको छ।बजेट अघि यो बाइकको मूल्य २ लाख ९५ हजार ९ सय रुपैयाँ थियो।

बजेटपछि यो बाइकको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ पुगेको छ।पल्सर एनएस-१६० बाइकको मूल्य २९ हजार रुपैयाँ बढेको छ।बजेट अघि यो बाइकको मूल्य २ लाख ६३ हजार ९ सय रुपैयाँ थियो।बजेटपछि अन्तशुल्क बढेपछि २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ।बजाजको पल्सर-२२० एफको मूल्य २६ हजार रुपैयाँले बढेको छ।यो सबैभन्दा चल्ने बाइकको हो।यसको मूल्य कम बढाएर बिक्री कायम राख्न कम्पनीले चाहेको देखिन्छ।बजेटअघि यो बाइकको मूल्य २ लाख ९३ हजार ९ सय रुपैयाँ थियो।बजेटपछि यो बाइकको मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ कायम भएको छ।पल्सर १८०को मूल्य २५ हजार रुपैयाँ बढेको छ।बजेट अघि यो बाइकको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ थियो।बजेटपछि २ लाख ७९ हजार ९ सय कायम भएको छ।बजाज १५० बाइकको मूल्य ७ हजार रुपैयाँ बढेको छ।सरकारले १५० सीसीसम्मको बाइकमा अन्तशुल्क यथावत राखेको छ।तर सडक कर बढेकोले यो बाइकको मूल्य बढेको हो।

बजेट अघि यो बाइकको मूल्य २ लाख ४२ हजार ९ सय रुपैयाँ थियो भने बजेटपछि २ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएको छ।कम्पनीले बेच्ने एभेन्जर क्रुज २२०को मूल्य ३३ हजार रुपैयाँ बढेको छ।बजेट अघि यो बाइकको मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ थियो भने बजेटपछि ३ लाख ४२ हजार ९ सय रुपैयाँ कायम भएको छ।एभेन्जर स्ट्रिट २२०को मूल्य २२ हजार रुपैयाँ बढेको छ।बजेट अघि यो बाइकको मूल्य २ लाख ९८ हजार ९ सय रुपैयाँ थियो भने बजेटपछि ३ लाख २० हजार ९ सय कायम भएको छ।यस्तै एभेन्जर स्ट्रिट १८०को मूल्य ३१ हजार रुपैयाँ बढेको छ।बजेट अघि यो बाइकको मूल्य २ लाख ७१ हजार ९ सय रुपैयाँ थियो भने बजेटपछि ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ।

बजाज भीको मूल्य ४ हजार रुपैयाँ बढेको छ।यो बाइकको मूल्य बजेट अघि २ लाख १५ हजार ९ सय रुपैयाँ थियो भने बजेटपछि २ लाख १९ हजार ९ सय रुपैयाँ कायम भएको छ।बजाजको डिस्कभर १५०को मूल्य ४ हजार रुपैयाँ बढेको छ।बजेट अघि यो बाइकको मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ थियो भने बजेटपछि २ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको छ।

कम्पनीले डिस्कभर १२५ डिस्कको मूल्य ५ हजार रुपैयाँ बढाएको छ।बजेट अघि यो बाइकको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो भने बजेटपछि १ लाख ९७ हजार ९ सय कायम भएको छ।बजाजको डिस्कभर १२५ ड्रमको मूल्य ५ हजार रुपैयाँ बढेको छ।बजेट अघि यो बाइकको मूल्य १ लाख ८३ हजार ९ सय रुपैयाँ थियो भने बजेटपछि १ लाख ८८ हजार ९ सय कायम भएको छ।बजाजको प्लाटिना इएसको मूल्य ५ हजार रुपैयाँ बढेको छ।बजेट अघि यो बाइकको मूल्य १ लाख ५६ हजार ९ सय थियो भने बजेटपछि १ लाख ६१ हजार ९ सय कायम भएको छ।