हिमालय टाइम्सबाट आर्थिक पत्रकारिता सुरु गरेका अधिकारी आर्थिक पत्रकारहरुको संस्था सेजनका पूर्व अध्यक्ष हुन्। नागरिक दैनिकको स्थापना कालदेखि नै आर्थिक ब्युरोमा आवद्ध हुनुअघि उनी नयाँ पत्रिका दैनिकमा आर्थिक ब्युरो प्रमुख थिए। एचबिसी तथा गोर्खा एफएममा आर्थिक कार्यक्रम सञ्चालकको रुपमा उनले आर्थिक पत्रकारिताको अनुभव पनि बटुलेका छन्। उनी २०७३ कात्तिक २४ देखि बिजमान्डूका सम्पादक हुन्।
साप्ताहिक पत्रिका पुनर्जागरणबाट व्यवसायिक रुपमा पत्रकारिता सुरु गरेका काफ्लेले आर्थिक पत्रकारितामा करिब डेढ दशक बिताइसकेका छन्। राजधानी दैनिकमा संवाददाताका रुपमा दुई वर्ष र अन्नपूर्ण पोष्टमा एक दसकभन्दा बढी सम्वाददाता, करेस्पोन्डेन्ट र आर्थिक व्यूरो चिफको भूमिकामा काम गरेका थिए। बिजमाण्डूका सम्पादक समेत भइसकेका उनी हाल अमेरिकामा छन्।
२०६१ सालदेखि पत्रकारितामा सक्रिय सापकोटा २०६३ सालदेखि आर्थिक पत्रकारितालाई प्रमुख विधा बनाएर केन्द्रित छन्। नागरिक दैनिकको स्थापना कालदेखि उनले वित्तीय र पूँजी बजार विषयकेन्द्रित समाचार लेख्दै आएका थिए। त्यसअघि विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिक, हिमालय टाइम्स, गोरखापत्र, आर्थिक अभियान साप्ताहिक र नयाँ पत्रिका दैनिकमा काम गरेका थिए। उनी २०७० फागुन १ गतेबाट बिजमाण्डूमा आवद्ध छन्।
१५ वर्षदेखि छापा, रेडियो र टेलिभिजन पत्रकारितामा संलग्न शर्मा २०७३ मंसिरदेखि बिजमाण्डूसँग आवद्ध छिन्। कम्युनिकेसन कर्नरबाट पत्रकारिता सुरु गरेकी शर्मासँग नेपाल एफएम, सगरमाथा टेलिभिजन, एबिसि रेडियो, एबिसि टेलिभिजन तथा नयाँ पत्रिका दैनिकको कार्यअनुभव छ। पत्रकारितामा स्नातकोत्तर शर्माका ‘जुनको आतंक’ कविता संग्रह र स्वर्गीय रामराजाप्रसाद सिंहको आत्मबृतान्त ‘गणतन्त्रका प्रणेता’ पुस्तक प्रकाशित छन्।
अमर बडुवाल
संवाददाता
किरण खेलकुद साप्ताहिक पत्रिकाबाट २०६३ सालदेखि पत्रकारिताको सुरुवात गरेका बडुवालले २०६४ देखि २०६६ सम्म सुदूरसन्देश दैनिकमा काम गरेका छन्। आर्थिक पत्रकारितामा उद्योग, ऊर्जा र घरजग्गाको रिपोर्टिङमा रुची राख्ने बडुवाल २०७३ असारदेखि बिजमाण्डूमा आवद्ध छन्। बडुवालले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसत्र्चार केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका छन्।
'सहकारी नेपाल' मासिक पत्रिकामार्फत २०७२ सालबाट पत्रकारिता सुरु गरेका खड्का विकास निर्माण र पुर्वाधार सम्वन्धि रिपोर्टिङमा रुची राख्छन्। २०७३ साल फागुनदेखि बिजमाण्डूमा आबद्ध छन्। खड्का त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागमा अध्ययनरत छन्।
उप्रेतीले २०७१ माघदेखि पत्रकारिता सुरु गरेका हुन्। आर्थिक पत्रकारिता अन्तर्गत ग्याजेट्स, दूरसंचार, अटो, पर्यटन, व्यापार बजार रिपोर्टिङमा रुचि राख्ने उप्रेती २०७४ साउनदेखि बिजमाण्डूमा आवद्ध छन्। उप्रेतीले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका छन्।
ऋषिकेश दाहाल
२०५७ साल देखि पत्रकारितामा सक्रिय ऋषिकेश दाहालले यसअघि नागरिकन्युज डट कम, कान्तिपुर पब्लिकेसन्सको नेपाल म्यागेजिन, स्पेसटाइम दैनिक, नयाँ सडक दैनिकमा काम गरिसकेका छन्। उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता अध्ययन, अध्यापन र अनुसन्धानमा पनि संलग्न छन्। rishi@pahilopost.com
संवाददाता
पत्रकारिता तथा आम सञ्चारमा स्नातकोत्तर गर्दै गरेकी स्वेच्छा राउत सामाजिक विषयमा कलम चलाउँछिन्। सामाजिक मुद्दा, जीवनशैली, मनोरञ्जन र साहित्यका विषयका फिचर उनको सौखका विषय हुन्। कविता र छोटा कथाहरुमा पनि उनको रुचि छ। पहिलोपोस्टमा फागुन २०७२ देखि आवद्ध स्वेच्छा सटिक टिप्पणीका कारण ट्विटरमा स्थापित नाम हो। rswechhya@pahilopost.com
सविन ढकाल
संवाददाता
नेत्र तामाङ
२०६६ बाट पत्रकारिता सुरु गरेका नेत्र तामाङले यसअघि नागरिक दैनिक, नयाँ पत्रिका दैनिकमा काम गरिसकेका छन्। उनी अमेरिकाको न्युयोर्कबाट प्रकाशित हुने एभरेस्ट टाइम्स पाक्षिक पत्रिकाका नेपाल संयोजकसमेत हुन्। त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका तामाङ बालबालिकाका क्षेत्रमा पनि दख्खल राख्छन्। अहिलेसम्म बाल कथाका पाँचवटा किताब प्रकाशित गरिसकेका तामाङ राजनीतिक, सामाजिक विषयमा रूचि राख्छन्। तामाङ २०७४ मंसिरदेखि पहिलोपोस्टमा आवद्ध छन्।
संवाददाता
समर्थ रञ्जित
फोटो पत्रकार
फेसन फोटोग्राफीमा रुचि राख्ने समर्थले पहिलोपोस्टबाट फोटो पत्रकारिता थालेका हुन्। व्यवस्थापनमा स्नातक गरेका रञ्जित २०७३ देखि पहिलोपोस्टमा आवद्ध छन्।
प्रविण रानाभाट
संवाददाता
.jpg)
विष्णुहरि घिमिरे
संवाददाता
सन् २००० देखि हिमालय टाइम्स दैनिकबाट पत्रकारिता थालेका विष्णुहरि घिमिरेको छापा र टेलिभिजन पत्रकारितामा लामो अनुभव छ। २००३ देखि २००८ सम्म उनले नेपाल १ टेलिभिजनमा खेल पत्रकारिता गरे। २००८ देखि कान्तिपुर टेलिभिजनमा उप सम्पादक रहेका घिमिरे २०१० देखि २०१३ सम्म कान्तिपुर टेलिभिजनकै खेल व्युरो प्रमुख तथा स्कोरबोर्ड कार्यक्रमका प्रस्तोता समेत रहे। हाल अमेरिकामा रहेका घिमिरेले २०६४ सालमा त्रिविबाट पत्रकारितामा स्नातकोत्तर गरेका हुन्।