
काठमाडौं । रोयल फुट वयेर (प्रा.) लि. द्धारा उत्पादित रोयल सुजको मुलुकभर विक्री वितरण सुरू गरेको छ । गत आर्थिक बर्षको असारदेखि ब्यवसाय शुरू गरेको यस संस्थाले स्वदेशी कच्चा पदार्थ, श्रम र शीपको प्रयोगगरी नेपालमा नै गुणस्तरिय जुत्ता/चप्पलको उत्पादन तथा विक्री वितरण शुरूवात गरेको हो ।
गुणस्तरीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखी ब्यवसाय शुरू गरेको रोयल फुट वयेरले हाल क्याजुवल सुज, पार्टी सुज, स्पोर्टस सुज, स्याण्डल, स्कूल/कलेजका सुज लगायतका सामाग्रिको उत्पादन एवं विक्री वितरण गर्दै आएको छ ।
बिदेशी जुत्ता÷चप्पलको आयात प्रतिस्थापनगर्ने उदेश्यले स्वदेशमा नै गुणस्तरिय जुत्ता/चप्पल उत्पादनगर्न शुरू गरिएको हो, रोयल फुट वयेर (प्रा.) लि.का अध्यक्ष भिम पौड्यालले भने, हामीले उत्पादन गर्ने सामाग्रिको गुणस्तर कुनै विदेशी कम्पनीभन्दा कम छैन ।
रोयलले उत्पादन गर्ने जुत्ता÷चप्पल गुणस्तरिय भएकै कारण यी सामाग्रिको खरिदमा छ महिनाको ‘वारेण्टी’ उपलब्ध गराइएको अध्यक्ष पौड्यालले जानकारी दिए । उनले रोयलका जुत्ता÷चप्पलमा छ महिनाभित्र समस्या आए साट्न सकिने बताए ।
ब्यवसायीक एवं अनुभवी समूहद्धारा उत्पादित रोयल सुजका उत्पादन न्युनतम १ हजार ८५ देखि अधिकतम ५ हजार १ सय ९९ रूपैयाँसम्म छ । हाल १ सय ५० जनालाई प्रत्येक्ष रोजगारीको अवसर दिएको यस कम्पनिले आगामी दिनमा ४ सय जनासम्मलाई रोजगारी दिने योजना वनाएको छ ।
दैनिक हजार जोर जुत्ता÷चप्पल उत्पादन क्षमता रहेको यस संस्थाले हाल दैनिक पाँच सय जोर उत्पादन गर्दै आएको छ । आफ्ना उपभोक्ताकालागि कम्पनीले समय समयमा प्रत्येक जुत्ता तथा चप्पलको खरिदमा विभिन्न किसिमका उपहार योजना समेत ल्याउने गरेको छ ।