सुन तोलामा तीन सय रुपैयाँले घट्यो, मूल्य ५९ हजार, चाँदी सात रुपैयाँ सस्तो

बिजमाण्डू
२०६९ भदौ १४ गते ००:०० | Aug 30, 2012
सुन तोलामा तीन सय रुपैयाँले घट्यो, मूल्य ५९ हजार, चाँदी सात रुपैयाँ सस्तो


काठमाडौं । सुनको मुल्य विहिवार प्रति तोलामा तीन सय रुपैयाँले घटेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले विहिवारको लागि छापावाला सुनको मुल्य ५९ हजार रुपैयाँ तोकेको छ । गत साता लगातार उकालो लागेको  सुनको मुल्यमा यस साता भने उतारचढाव आएको छ ।
साताको सुरुदेखि नै उकालो लागेको सुनको मुल्य सोमवार अहिलेसम्मकै उच्च मुल्य प्रति तोला ५९ हजार चार सय रुपैयाँमा कारोवार भएको थियो त्यस यता मंगलवार केहि घटेको सुनको मुल्य बुधवार एक सय रुपैयाँले  बढेर कारोवार भएको थियो । विहिवार चाँदी प्रति तोलामा सात रुपैयाँ घटेर एक हजार एक सय पन्ध्र रुपैयाँमा कारोवार भएको छ  । बुधवार चाँदी प्रति तोलामा तीन रुपैयाँ बढेको थियो ।

Tata
GBIME