पोखराको गण्डकी बोर्डिङ स्कुल बन्यो रियल स्कुल अफ नेपाल

बिजमाण्डू
२०६९ भदौ १४ गते ००:०० | Aug 30, 2012
पोखराको गण्डकी बोर्डिङ स्कुल बन्यो रियल स्कुल अफ नेपाल


काठमाडौ । रियल जुसले प्रायोजन गरेको ‘रियल स्कुल अफ नेपाल –२०१२’को दोस्रो क्षेत्रिय प्रतिस्पर्धा बुधवार पोखरामा सकिएको छ । प्रतिस्पर्धामा गण्डकी उच्च माध्यमिक बोर्डिङ स्कुल क्षेत्रिय विजेता भएको छ । विजयी भएका विद्यालयका विद्यार्थी विज्ञानबाबु रेग्मी, अनुष्का श्रीमाल, समीर चालिसे, भावना कुँवर, जेनी राई र मनीष बन्जाराले काठमाडौमा हुने अन्तिम चरणको प्रतिस्पर्धा गर्न पाउने छन् । यस्तै माथिल्लो समूहमा एक्सटेम्पोरमा डिज्नील्यान्ड एकेडेमीकी सुष्मा सुवेदी, डान्सतर्फ डायमन्ड उच्चमाविकी ममता अधिकारी र फुटबल जगलिङतर्फ रत्नज्योति उच्च माविका आशिष कार्की विजयी भएका छन् । तल्ले तहको पेन्टिङमा बालप्रभात बोर्डिङका मनीष गुरुङ, तीन मिनेट टु फेममा लोट्स एकेडेमीका अमर श्रेष्ठ, स्कोर द रियल गोलमा गण्डकी उच्चमाविका मनीष बन्जारा विजयी भएको कम्पनीले जनाएको छ । यी सबैले अन्तिम प्रतिस्पर्धामा सहभागी हुन पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tata
GBIME
Nepal Life