लेमिनेटेड बोरा प्रयोगको विवाद जारी, जगदम्बा सिन्थेटिकले सुरु गर्यो उत्पादन

बिजमाण्डू
२०६९ भदौ १२ गते ००:०० | Aug 28, 2012

काठमाडौ । लेमिनेटेड बोरा प्रयोगमा ल्याउने बारेमा सिमेन्ट उत्पादक संघ र नेपाल उभन फेब्रिक तथा स्याक उत्पादक संघले चर्को विरोध गरेकै बेला शंकर ग्रुपले लेमिनेटेड बोराको बुकिङ खुल्ला गरेको छ । बीस करोड लगानीमा लेमिनेटेड बोरा उत्पादन गर्ने उद्योग स्थापना गरेको यो समूहले मंगलबारदेखि बुकिङ खुल्ला गरेको हो । जगदम्बा सिन्थेटिक कम्पनीको नाममा स्थापना भएको यो उद्योगबाट उत्पादित लेमिनेटेड बोरा उच्च गुणस्तरको, युरोपेली स्ट्यान्र्डडको रहेको दावी गरिएको छ ।
कम्पनीले बोरा वातावरणमैत्री रहेको र धुलो प्रदुषणलाई कम गर्ने कम्पनीको दावी छ । कम्पनीले धुलोका कारण सिमेन्टको बोरा बोक्ने भरीयाहरुलाई परिरहेको स्वास्थ्य सम्वन्धी रोगलाई समेत नियन्त्रण गर्ने जनाएको छ ।
लेमिनेटेड बोरा दुई महिना भित्रै बजारमा आउने र एउटा बोराको मूल्य भ्याट वाहेक साढे १८ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । लेमिनेटेड बोरामा सिमेन्ट कम नहुने र अपरेसन गरेर निकाल्न नसकिने भएकाले उपभोक्तालाई समेत राहत मिल्ने कम्पनीको दावी छ ।

Tata
GBIME
Nepal Life