कतार एयरवेजको हमाद विमानस्थलबाट व्यवसायिक उडान सुरु, कतारको सबै सेवा हमादबाट

बिजमाण्डू
२०७१ जेठ १४ गते ००:०० | May 28, 2014


दोहा । कतार एयरवेजले बुधवारबाट हमाद इन्टरनेशनल एअरपोर्टमा आफ्नो पूर्ण व्यवसायिक सेवा सुरु गरेको छ । हमादमा कतारको पहिलो व्यवसायिक बिमान बहराइनबाट उडेर अवतरण गरेको थियो ।
पहिलो व्यवसायीक उडान बाट आएका यात्रुले पनि विषेश सत्कार पाएका छन् । उनीहरुलाई गुलाफ, चकलेट, कफि र कतारी झन्डा सहित एयरपोर्टमा स्वागत गरियो । एयरपोर्टमा फ्रि वाइफाइ, बच्चालाई छुट्टै खेल्ने ठाउँ तथा पुर्ण आरामको सुविधा रहेको छ ।
एयरपोर्टमा खाना र सपिङको पनि विषेश सुविधा रहेको छ । ७० भन्दा रिटेल आउटलेट र ३० भन्दा बढि क्याफे तथा रेष्टुरेन्ट उपलब्ध रहेको कम्पनीले जनाएको छ । हमाद इन्टरनेशन एयरपोर्टबाटै विश्वकै ठुलो एयरक्राफ्टमा पर्ने कतार एयरवेजको एयरवस ए ३८० समेत उडान गर्नेछ । ए ३८० ले आउँदो जुन देखि बेलायत र जुलाइ देखि फ्रान्समा उठान गर्ने तय भएको छ । नेपाल एयरलाईन्सले पनि हमाद इन्टरनेशनल एयरपोर्ट मार्फत नै कतारमा उडान गर्नेछ ।

Tata
GBIME
Nepal Life