ढाकाबाट डिएपी आयात हुँदै, ११९ करोडको टेण्डर बंगलादेशी कम्पनीलाई

बिजमाण्डू
२०६९ भदौ ११ गते ००:०० | Aug 27, 2012
ढाकाबाट डिएपी आयात हुँदै, ११९ करोडको टेण्डर बंगलादेशी कम्पनीलाई


काठमाडौं । कृषि सामाग्री कम्पनीले २० हजार मेट्रिक टन डिएपी बंगलादेशबाट ल्याउने भएको छ । बंगलादेशी कम्पनी देश टे«डिङ कर्पोरेशन ढाकाले नेपालमा डिएपीको टेण्डर प्राप्त गरेको हो । बंगलादेशी कम्पनी देश ट्रेडिङले २० हजार मेट्रिक टन डिएपी एक अर्ब १९ करोड रुपैयाँमा नेपाल ल्याउने जिम्मा पाएको हो । यो आधारमा प्रतिकेजी डिएपीको मूल्य ६० रुपैयाँ पर्दछ ।
यस अघि कृषि सामाग्री कम्पनीले भारतको इण्डियन पोटास लिमिटेड र मिनरल एण्ड माइन ट्रेडिङ कम्पनीबाट मल आयात गर्दै आएको थियो । कम्पनीलाइ मल दिन एग्रो इन्टरनेशनल सिंगापुर, मिडगल्फ इन्टरनेशनल साइप्रस, स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज, दुबई, यिचाङ डाङसेन फोसफेट एण्ड कम्पाउण्ड फर्टिलाइजर चाइना र हुवेइ यिउहा केमिकल इण्डष्ट्रिज चीनले टेण्डर हालेका थिए ।
कृषि सामाग्रीले हिउँदमा आपूर्ती हुने गरी ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि समेत सोमवार टेण्डर आव्हान गरेको थियो । यो बर्षामा समयमा मल आयात गर्न नसकेपछि कृषि सामाग्रीको चर्को आलोचना भएको थियो । भारतीय कम्पनी इण्डिया पोटास लिमिटेडले निर्धारित तौलभन्दा कम दिएपछि विवाद भएको थियो । सार्वजनिक लेखा समितिले यो कम्पनीलाई कालोसूचीमा राख्न निर्देशन दिएको थियो ।

Tata
GBIME