यती एअरलाइन्सले चार स‌स्थालार्इ दियाे १६ लाख रुपैयाँ, हरेक टिकटबाट समाजसेवामा चार रुपैयाँ



२०७१ जेठ ५ गते ००:००
यती एअरलाइन्सले चार स‌स्थालार्इ दियाे १६ लाख रुपैयाँ, हरेक टिकटबाट समाजसेवामा चार रुपैयाँ



काठमाडौं । यती एअरलाइन्सले सेभ द चिल्ड्रेन, युनाइटेड मिसन टु नेपाल, केयर नेपाल र ह्याबिटेट फर ह्युमानिटीनामक चार संस्थालाई १६ लाख ३८ हज्जार ५२ रूपैँया सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा प्रतिबद्ध संस्थालाई नियमित सहयोग गर्दै आएको एअरलाइन्सले चारवटा संस्था प्रत्येकलाई चार लाख नाै हजारका दरले सहयोग रकम उपलब्ध गराएको हो।
सामाजिक कार्य गर्दै आएका संस्थाहरूलाई एअरलाइन्सले अहिलेसम्म एक करोड २३ लाख १७ हज्जार रकम सहयोग गरिसकेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सन् २००६ देखि सहयोग गर्दै आएको एअरलाइन्सले यसअघि टेवा नेपाल, माइती नेपाल, नेपाल कुष्ठरोग निवारण केन्द्र, इस्पाइनल उन्जुरी पुनर्स्थापना केन्द्र, रेडक्रस जस्ता एक दर्जन बढी संस्थालाई सहयोग गरिसकेको छ।
एअरलाइन्सले प्रत्येक यात्रुको टिकटबाट चार रूपैयाँ सामाजिक उत्तरदायित्वका लागि छुट्याएको छ।
त्यस्तै एअरलाइन्सले सन् २०१० देखि सुदूर पश्चिममा ‘हरित योजना’ पनि सञ्चालन गरिरहेको छ। यो योजना अन्तर्गत अहिलेसम्म एअरलाइन्सले सुदूर पश्चिममा २ लाख ५० हज्जार रूख रोपिसकेको दाबी गरेको छ। यसको लागि काठमाडौं-धनगढी-काठमाडौं वा काठमाडौं-नेपालगञ्ज-काठमाडौं रूटमा उडान गर्ने प्रत्येक यात्रुको टिकटबाट प्राप्त रकमबाट २० रूपैयाँ कोषका लागि छुट्याएको छ।
त्यसैगरी कम्पनीको जेटस्ट्रिम-४१ विमान संचालन हुने क्षेत्रहरू भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीका उडानमा अपांगलाई ५० प्रतिशत, जेष्ठ नागरिकलाई २५ प्रतिशत, बालबालिकालाई ३३.३३ प्रतिशत र शिशुलाई ९० प्रतिशत छुट दिइने गरेको पनि एअरलाइन्सले जनाएको छ।

Tata
GBIME