लक्ष्मी, ग्राण्डको नाफा घट्यो,किष्टको नोक्सान बढ्यो, लुम्बिनी र सनराइज दुवैको २४ प्रतिशत वृद्धि

बिजमाण्डू
२०७१ बैशाख २८ गते ००:०० | May 11, 2014
काठमाडौं । शनिवार र आइतवार तेस्रो वित्तीय विवरण प्रकासित गरेका पाँच वाणिज्य बैंक मध्ये दुई वाणिज्य बैंकको नाफा घटेको छ भने एकको नोक्सानमा केही सुधार भएको छ । लक्ष्मी, ग्राण्ड बैंकको नाफा घटेको हो भने किष्ट बैंकको नोक्सान थप बढेको छ । लुम्बिनी र सनराइज बैंक दुवैको नाफा २४ प्रतिशतको दरले बढेको छ । यससंगै यो अवधिको वित्तीय विवरण प्रकासित गरेका कुल २३ वाणिज्य बैंकको नाफा भने १३.८२ प्रतिशतले बढेको छ ।
लक्ष्मी बैंकको नाफा करिब १६ प्रतिशतले घटेर २३ करोड ३५ लाख रुपैयाँमा सिमित भयो । बैंकको खुद व्याज आम्दानी १४ प्रतिशतले घटेर ५२ करोड ४१ लाखमा सिमित भएको छ । लक्ष्मि बैंकको सञ्चालन नाफा पनि १५ प्रतिशतले घटेको छ । बैंकको निक्षेप २२ प्रतिशतले र कर्जा २० प्रतिशतले बढेको छ ।

Tata
GBIME
Nepal Life
ग्राण्ड बैंकको नाफा ४४.७३ प्रतिसतले घटेर आठ करोड ९४ लाख रुपैयाँमा सिमित भएको छ । बैंकको खुद व्याज आम्दानी करिब तीन प्रतिशतले घटेको छ । बैंकको सञ्चालना नाफा पनि ५७ प्रतिशत भन्दा धेरैले घटेर नौं करोड ४८ हजारमा सिमित भएको छ । बैंकको निक्षेप १५.३२ प्रतिशतले र कर्जा १० प्रतिशतले बढेको छ ।
गत आवको तेस्रो त्रैमाशमा पाँच करोड ५७ लाख नोक्सानमा रहेको किष्ट बैंकको नोक्सान बढेर २१ करोड ३६ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी उच्च (२४ प्रतिशत)ले घटेको छ । बैंकको सञ्चालन नोक्सानी पनि बढेर ३९ करोड ४३ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चित तथा जगेडा कोष पनि ७७ करोड ४७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । बैंकको निक्षेप ६.३८ र कर्जा १५.२४ प्रतिशतले घटेको छ । बैंकले सम्भावित जोखिम वापत ६६ करोड २९ लाख रुपैयाँ छुट्याएको छ । बैंकले कुल खराब कर्जाको ७६ प्रतिशत रकम छुट्याएको छ । बैंकको कुल कर्जामा खराब कर्जा २३.७२ प्रतिशत छ । 
लुम्बिनी बैंकको नाफा २४.४८ प्रतिशतले बढेर १४ करोड ५४ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी पनि ३.२३ प्रतिशतभन्दा धेरैले बढ्न सकेन । बैंकको खुद व्याज आम्दानी ३६ करोड १७ लाख रुपैयाँ रहेको छ । बैंकको व्याज आम्दानी १९ प्रतिशतले बढेपनि व्याज लागत पनि ३३ प्रतिशतले बढ्यो । बैंकको कर्मचारी खर्चमा भएको वृद्धि, सम्भावित जोखिम वापतको व्यवस्थामा गरिएको वृद्धिले पनि नाफा घटेको छ । यही कारण सञ्चालन नाफा समेत ३३.१४ प्रतिशतले घटेर १० करोड ४५ लाखमा सिमित भएको छ । बैंकले सम्भावित वापतको व्यवस्थामा ८६ प्रतिशतले रकम बढाएको हो । बैंकले यसअघि छुट्याएको सम्भावित जोखिम वापतको व्यवस्थाबाट १२ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ । बैंकको निक्षेप ४०.७८ प्रतिशतले र कर्जा ३३.६५ प्रतिशतले बढेको छ ।
सनराइज बैंकको नाफा पनि २४.८६ प्रतिशतले बढेर २७ करोड २७ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दनी भने २२.५३ प्रतिशतले बढेर ७८ करोड ८९ लाख रुपैयाँ पुगेको छ । बैंकको व्याज लागत करिब १० प्रतिशतले बढेपनि व्याज आम्दानी १५ प्रतिशतले वृद्धि भएको छ । बैंकको सञ्चालन आम्दानी पनि ४२.२३ प्रतिशतले बढेर २७ करोड ३८ लाख रुपैयाँ रहेको छ । बैंकको निक्षेप १७.६९ प्रतिशतले र कर्जा १३.१६ प्रतिशतले बढेको छ ।
कुल २३ वाणिज्य बैंकको निक्षेप २३.३२ प्रतिशतले बढेर सात खर्ब ४९ अर्ब रुपैयाँ र कर्जा ४.५६ प्रतिशतले बढेर चार खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । यी बैंकहरुको खुद व्याज आम्दानीमा ५.४० प्रतिशतले बढेको छ । गत आवमा २३ वटा बैंकको खुदव्याज आम्दानी १९ अर्ब ८२ करोड रुपैयाँ भएकोमा चालु आवमा २० अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । बैंकहरुको कुल कर्जा निक्षेप अनुपात   ६६.६२ प्रतिशत रहेको छ । गत आवमा यो अनुपात ७८.५८ रहेको थियो । बैंकहरुको सञ्चालन नाफा भने ११.३९ प्रतिशतले बढेर १३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।