कुमारी बैंकको १३ औं साधारणसभा, १४ प्रतिशत वोनस पारित, पाँच सञ्चालक पनि छानिए

बिजमाण्डू
२०७१ बैशाख १८ गते ००:०० | May 1, 2014
कुमारी बैंकको १३ औं साधारणसभा, १४ प्रतिशत वोनस पारित, पाँच सञ्चालक पनि छानिए



काठमाडौं । कुमारी बैंकको १३ औं साधारण सभा बुधबार सम्पन्न भएको छ । सभाले १४ प्रतिशत वोनस सेयर र शुन्य  दशमवल ७४ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाबाट एक सर्वसाधारणसहित पाँच जना सञ्चालक चुनिएका छन् ।
संस्थापक सेयरधनीको तर्फबाट अध्यक्ष नुरप्रताप राणा तथा सञ्चालक उत्तमप्रसाद भट्टराई र नरेश दुगड थप एक कार्यकालका लागि चयन भएका छन् । संस्थापककै तर्फबाट सञ्चालक चुनिएका सन्तोषकुमार लामा भने नयाँ हुन । सर्वसाधारणको तर्फबाट पुनाराम भण्डारी सञ्चालक चुनिएका छन् ।
बैंकले चालु आर्थिक बर्षको अन्त्यमा निक्षेप २९ अर्ब ३४ करोड तथा कर्जा र लगानी २४ अर्ब र पाँच अर्ब ७६ करोड पुर्याउने लक्ष्य लिएको छ । हालसम्म २८ शाखा, २ एक्सटेन्सन काउन्टर, ३९ वटा एटिएम संचालन गर्दै आएको बैंकले आठ नयाँ शाखा विस्तार तथा नक्सालमा आफ्नै भवन निर्माणको योजना बनाएको छ ।

Tata
GBIME
Nepal Life