सिभिल र एक्सिसलाई मर्जरको अन्मित स्वीकृति, बैशाख तीन गतेदेखि एकिकृत कारोबार

बिजमाण्डू
२०७० चैत्र २४ गते ००:०० | Apr 7, 2014
सिभिल र एक्सिसलाई मर्जरको अन्मित स्वीकृति, बैशाख तीन गतेदेखि एकिकृत कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिभिल बैंक लिमिटेड, एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय सस्थालाई एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको छ । यी तीन वटा सस्था गाभिएर सिभिल बैंक लिमिटेड नै बन्नेछ । बैंकले बैशाख तीन गतेदेखि एकिकृत कारोबार गर्ने तयारी गरेको छ ।
बैशाख एक गते नयाँ बर्षको सार्वजनिक विदा हुने र दुई गते सफ्टवेयर लगायतका आन्तरिक तयारी पुरा गरेपछि तीन गते देखि एकिकृत कारोबार गर्ने गृहकार्य भइरहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले दिएका छन् । यी तीन वटा सस्था एक आपसमा गाभिन गत असोज २१ गते संझौता भएको थियो । मर्जभएपछि पनि बैंक सञ्चालक समितिका अध्यक्षमा इच्छाराज तामाङ र प्रमुख कार्यकारी अधिकृत महर्जन नै कायम रहनेछन् ।
मर्ज भएपछि बैंकको चुक्तापुजी दुई अर्ब ८८ करोड ३६ लाख रुपैयाँ पुग्नेछ । बैंकको निकट भविष्यमा खुल्ने थप नयाँ शाखा सहित मर्जपछि बैंकको शाखा संख्या ४१ पुग्ने छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ अर्ब चार करोड निक्षेप संकलन गरेका छन् । तीन संस्थासँग १९ अरब २ करोड कर्जा लगानी छ । यो मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई ठूला परियोजनाहरुलगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने महर्जनले बताए । टि–२४नामको अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको र आगामी दिनमा बैंकले नयाँ तथा ग्राहक मुखी थप सेवा पनि थप्दै लैजाने उनले बताए । 
मर्ज पछि सिभिल बैंकको सय कित्ता सेयर बराबर एक्सिस र सिभिल मर्चेन्टका लगानीकर्ताले ७९ कित्ता सेयर पाउनेछन् । सिभिल मर्चेन्टमा सिभिल बैंककै प्रवद्र्धकहरुको बढी लगानी छ भने पशुपति र उद्यम विकास बैंक गाभिएर गत वर्ष एक्सिस डेभलपमेन्ट बैंक बनेको हो ।

Tata
GBIME
Nepal Life