हिमालयन डिष्ट्रलरी दोस्रो त्रैमासमा दुई करोड ५६ लाख नाफामा, सञ्चित नोक्सान भने अझै छ करोड

बिजमाण्डू
२०७० माघ २७ गते ००:०० | Feb 10, 2014
काठमाडौं। चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा हिमालय डिष्ट्रलरीले दुई करोड ५६ लाखमा रुपैयाँ नाफा गरेको छ । कम्पनी पहिलो त्रैमाशसम्म चार करोड ४५ लाख नोक्सानमा थियो । अघिल्लो आवको दोस्रो त्रैमाशमा भने एक करोड १८ लाख रुपैयाँ नोक्सान रहेको थियो । कम्पनीले नाफा कमाएपछि पनि सञ्चित नोक्नान छ करोड १६ लाख रहेको छ ।
कम्पनीको इन्भेन्ट्रि (कच्चा पदार्थ र बिक्री हुन बाँकी रहेका सामान) को बिक्रीबाट थप २१ करोड ५४ लाख आम्दानी गर्न सकिने अवस्था रहेको देखिन्छ । पहिलो त्रैमाशमा २४ करोड रुपैयाँ इन्भेट्रि रहेका कम्पनीले दोस्रो त्रैमासम केही रकम उठाउन सकेको देखिन्छ । गत आवको पहिलो त्रैमाशमा करिब १७ करोड रुपैयाँको इन्भेन्ट्रि रहेको थियो । कम्पनीको उत्पादन बिक्रीबाट भएको आम्दानी २९ प्रतिशतले बढेर ५३ करोड ६२ लाख पुगेको छ । यस पटक कम्पनीको उत्पादन खर्च केही बढेको छ । तर ग्रस सञ्चालन नाफा ५२ प्रतिशतले बढेर १७ करोड रहेको छ । कम्पनीले १९ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ ।
कम्पनीको डिप्रिसिएसन (औद्योगिक ह्रास खर्च बापत छुट्याइने रकम ) खर्च ४० प्रतिशतले घटेर एक करोड चार लाखमा सिमित बनाएको छ । कम्पनीले आफ्नो दिर्घकालिन कर्जा घटाउन सकेको देखिन्छ । कम्पनीको सुरक्षित कर्जा अन्तर्गत पाँचक रोड ५६ लाख रुपैयाँ बाँकी छ भने अन्य दिर्घकालिन कर्जा र कर दायित्व मार्फतको रकम तीन प्रतिशतले घटेर चार करोड ८० लाख रहेको छ । कम्पनीको प्रति सेयर आम्दनी ६.६६ र प्रतिसेयर नेटवर्थ  ७७ रुपैयाँ रहेको छ । हाल कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको अनुपात एक सय तीन रुपैयाँ छ । 
 

Tata
GBIME
Nepal Life