गुम्दैछ फेसबुकको विश्वसनियता, ८ करोड ३० लाख नक्कली खाता

बिजमाण्डू
२०६९ साउन १९ गते ००:०० | Aug 3, 2012
गुम्दैछ फेसबुकको विश्वसनियता, ८ करोड ३० लाख नक्कली खाता


लण्डन/फेसबुकमा ८ करोड ३० लाख भन्दा बढि संख्यामा नक्कलि खाताहरु भएको कम्पनीले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको जानकारी अनुसार ९५ करोड ५० लाख प्रयोगकर्तामध्ये ८.७ प्रतिसत (८ करोड ३० लाख ८५ हजार) प्रयोगकर्ताले नियम उलंघन गरेर खाता खोलेका छन् । यसैगरी फेसबुकका कुल प्रयोगकर्तामध्ये ४.८ प्रतिसत (४ करोड ५८ लाख ४० हजार) प्रयोगकर्ताका एक भन्दा बढि खाता छन् ।

फेसबुकको मार्केटिङ क्षमतामाथि नै प्रश्नचिन्ह उठिरहेको अवस्थामा कम्पनीले सार्वजनिक गरेको यो तथ्यांकले विज्ञापन बजारमा धेरै महत्व राख्छ । कम्पनीको तथ्यांक अनुसार २.४ प्रतिसत प्रयोगकर्ताहरु कम्पनी, घरपालुवा जनावर वा संगठनका नाममा व्यक्तिले खोलेका  प्रोफाईल छन भने १.५ प्रतिसत खाताहरु अमान्य छन् ।
फेसबुकमा भएको लाइक्सलाई विज्ञापनको प्रभावकारिताको रुपमा लिने गरिएको छ । यस्तोमा धेरै प्रयोगकर्ताहरु नक्कली भएको तथ्यांक सार्वजनिक हुँदा कम्पनीको विज्ञापन आयमा समेत असर पर्ने छ । पछिल्लो समयमा विभिन्न कम्पनीहरुले आफ्ना विज्ञापनमा प्राप्त लाईकहरुको विष्लेषण समेत गर्न थालेका छन् । यसैमध्येको एक कम्पनी लिमिटेड प्रेसले गरेको अनुसन्धान अनुसार सो कम्पनीको विज्ञापनमा प्राप्त लाईकमध्ये ८० प्रतिसत क्लिक फेक एकाउण्टबाट भएको छ । आफुहरुले यस बारेमा कम्पनीलाई जानकारी गराउने प्रयास गरेको भएपनि कम्पनीले नसुनेको उसको भनाई छ ।   

Tata
GBIME