गौमूखि बैंकको सेयर निस्कासन, १ करोड २० लाखको सेयर, प्रति सेयर आम्दानी ९.२७ रुपैयाँ

बिजमाण्डू
२०७० जेठ २९ गते ००:०० | Jun 12, 2013

काठमाडौं । गौमूखि विकास बैंक लिमिटेडले आजबाट साधारण सेयर निस्कासन सुरु गरेको छ । प्युठानको गौमूखि विकास बैंकले १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता साधारण सेयर निस्कासन गरेको हो । बैंकले निस्कासन गर्न लागेको कुल सेयरमध्ये २ हजार ४ सय कित्ता  कर्मचारी र ६ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । एक सय रुपैयाँ अंकित दरका सेयर लिनका लागि न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्छ ।
वढीमा ५ हजार कित्तासम्म आवेदन दिन सकिन्छ । बैंकको प्रति सेयर नेटवर्थ ८२.४७ रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी ९.२७ रुपैयाँ छ ।

Tata
GBIME
Nepal Life