नबिलले दरबारमार्ग ट्राफिकलाई तीन लाख हस्तान्त्रण, नागरिक सेवामा उत्प्रेरणा पुग्ने विश्वास

बिजमाण्डू
२०७० जेठ १४ गते ००:०० | May 28, 2013
नबिलले दरबारमार्ग ट्राफिकलाई तीन लाख हस्तान्त्रण, नागरिक सेवामा उत्प्रेरणा पुग्ने विश्वास



काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक कार्यालय, दरबारमार्ग, काठमाण्डौको कार्यालय भवन निर्माण गर्न नबिल बैंक लिमिटेडले तीन लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । ट्राफिक कार्यालय भवन निर्माण समितिका संयोजक सिताराम हाछेथुलाई नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले मंगलवार चेक हस्तान्तरण गरे ।
चेक हस्तान्त्रण कार्यक्रममा ट्राफिक प्रहरीको सरहाना गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । नबिलको सानो सहयोगले आगामी दिनमा नागरिकलाई सेवा प्रदान गर्न ट्राफिक प्रहरीलाई उत्पे्ररणा प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरे । हाछेथुले नबिल बैंकलाई धन्यवाद प्रदान गर्दै आगामी दिनमा अझ प्रभावकारी नागरिक सेवा प्रदान गर्ने प्रतिवद्वता व्यक्त गरे ।

Tata
GBIME
NLIC