छ महिनापछि नेप्से सूचक पाँच सय अंक तल, बैंकिङ्ग, इन्सुरेन्स र जलविद्युत समूहको सेयर झर्यो

बिजमाण्डू
२०७० बैशाख १९ गते ००:०० | May 2, 2013

काठमाडौं । साताको अन्तिम दिन बिहिवार नेप्से सूचक पाँच सय अंक तल आएको छ । छ महिना अघि मंसिर पहिलो साता नेप्से पाँच सय अंक माथि चढेको थियो, नेप्से सूचकले साढे पाँच सय अंकको उचाईलाई छोएपछि तल झर्न थालेको थियो, बिहिवार नेप्से आठ अंकले तल झरेपछि ४९२.९४ अंकमा बजार बन्द भयो ।
बिहिवार बैंकिङ्ग मात्र होइन, जलविद्युत, इन्सुरेन्स र टेलिकमको कारोवार हुने अन्य समूहको सूचकले पनि नेप्सेलाई साथ दिन सकेनन् । बैंकिङ्ग सूचक ९.३६ अंक, जलविद्युत १९.४९ अंक, इन्सुरेन्स २०.२५ अंक र अन्य समूहको सूचक ९.३९ अंकले तल झरेर बजार बन्द भयो । स्टकमा बिहिवार मात्रै होटल समूहको सूचकमा ६.६१ अंकको हरियो रंग पोतियो ।
बिहिवार बैंक अफ काठमाण्डूको सेयर १४ रुपैयाँले तल झरेर ६१२ मा, चिलिमे जलविद्युतको २० रुपैयाँ तल १११४ मा, नागरिक लगानी कोष २३ रुपैयाँ तल १३ सयमा, एभरेष्ट बैंक १८ रुपैयाँ तल १५१० मा, ग्रान्ड बैंक ११ रुपैयाँ तल १७७ मा कारोवार भयो । हिमालयन बैंक १५ रुपैयाँ तल ७२० मा, लाइफ इन्सुरेन्स कम्पनी १८ रुपैयाँ झरेर ९७० मा, माछापुच्छ्रे बैंक १४ रुपैयाँ घटेर १९५ मा, नविल बैंक प्रवद्र्धक सेयर १० रुपैयाँ घटेर १०५० मा, नेपाल बंगलादेश बैंक १२ रुपैयाँ घटेर २७० मा, नेपाल बैंक ६२ रुपैयाँ घटेर ५६४ मा, नेपाल इन्भेष्टमेन्ट बैंक ३० रुपैयाँ घटेर ६९० मा, नेपाल लाइफ इन्सुरेन्स ६५ रुपैयाँ घटेर ११६५ मा कारोवार भयो ।
त्यसैगरी नेपाल एसबीआई बैंक १७ रुपैयाँ घटेर ८१६ मा, स्ट्याण्डर्ड चार्टड बैंकको २५ रुपैयाँ घटेर १८०० मा, सुर्य लाइफ इन्सुरेन्स कम्पनी ११ रुपैयाँ घटेर १७८ मा कारोवार भयो । जेनिथ फाइनान्स पनि १० रुपैयाँ घटेर ९२ रुपैयाँमा कारोवार भयो । सेयरमा ठूलो गिरावट आएपछि कारोवार पनि घटेको छ । बिहिवार जम्मा पाँच करोड ६९ लाख रुपैयाँको सेयर कारोवार भएको छ ।

Tata
GBIME