काठमाडौं । साताको दोस्रो दिन सोमवार पनि सुनको मूल्य बढ्यो । आइतवार प्रतितोला सुन दुई सय रुपैयाँले महँगो भएको थियो भने सोमवार साढे दुई सय रुपैयाँ महँगो भएको छ । आजको वृद्धिसँगै सुनले ५६ हजारको सीमा फेरी नाघेको छ । सोमवारका लागि नेपाल सुनचाँदी व्यवसायी संघले छापावाल सुन प्रतितोलाको ५६ हजार ४५ रुपैयाँ मूल्य तोक्यो भने तेजावी सुनको मूल्य ५५ हजार आठ सय रुपैयाँ तोकेको छ । उता आइतवार बढे पनि सोमवार चाँदीको मूल्यमा कुनै हेरफेर भएन ।
डलरको तुलनामा नेपाली मुद्रा बलियो भएपछि वितेको दुई सातादेखि सुन ५५ हजारको आसपासमा थियो । सोमवार डलरको तुलनामा भारु अवमूल्यन भएपछि त्यसको प्रभाव सुन बजारमा प¥यो । नेपालमा सुनको मूल्यले प्रतितोला ५६ हजार रुपैयाँको सीमा नाघ्यो । नेपालमा सुनको मूल्य बढे पनि अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ ।
सोमवार अन्तराष्ट्रिय बजारमा प्रति औंसमा १२ डलर घटेर सुन एक हजार पाँच सय ७१ डलरमा झ¥यो । नेपाली बजारमा यसको प्रभाव भोलि पर्नेछ । अर्थात मंगलवार नेपालको बजारमा सुन सस्तिने सम्भावना छ । सुन र चाँदीको मूल्य बढे पनि सोमवार कच्चा तेलको मूल्य भने घटेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अहिले प्रतिव्यारेल १०३ डलरमा झरेको छ । शुक्रवार यो बढेर १०६ डलरसम्म पुगेको थियो ।
