विश्व विकास बैंकको नाफा ३ करोड ९५ लाख पुग्यो, पोहोरको १७ % को तुलनामा प्रतिफल वढ्ने

बिजमाण्डू
२०७० बैशाख ४ गते ००:०० | Apr 17, 2013
काठमाडौं । विश्व विकास बैंकले चैतमा ३ करोड ९५ लाख रुपैयाँ नाफा गरेको छ । पोखराको विश्वले अघिल्लो वर्ष ३ करोड ७९ लाख खुद नाफा गरेको थियो ।
गत वर्षको नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले  ५ प्रतिशत वोनस सेयर पनि दिएको छ । अघिल्ला वर्षको भन्दा राम्रो नाफाको वृद्धि रहेकाले आगामी वर्षपनि बैंकले अकर्षक प्रतिफल दिने अवस्था छ ।
२५ करोड २० लाख चुक्ता पुँजी रहेको बैंकको २ अर्ब ९५ लाखभन्दा वढी निक्षेप छ । कर्जा लगानी बैंकले २ अर्ब ६० करोड गरेको छ । अघिल्लो वर्षभन्दा पुँजी लागत घटेकाले पनि बैंकबाट राम्रो प्रतिफल आस गर्न सकिन्छ । अघिल्लो वर्ष १०.४ प्रतिशत रहेको लागत यसपाली ८.६९ प्रतिशत छ ।
बैंकको कर्जा–निक्षेप अनुपात ८० प्रतिशतको हाराहारीमा र पुँजी कोष करिव पौने १२ प्रतिशत रहेकाले लगानी बढाउन बैंकले पुँजी वृद्धि गर्नु पर्ने अवस्था छ । नाफाबाट नगद वाँड्दा पुँजी कोष ११ प्रतिशत कायम हुनु पर्ने व्यवस्थाका कारणले पनि बैंकले यसपाली वोनस सेयरमा वढी जोड गर्ने देखिन्छ ।  
 

Tata
GBIME