फेसबुकले वढायो डियोको व्यापार, चार दिनमा विक्री भो १४ करोड रुपैयाँको स्कुटी

बिजमाण्डू
२०६९ साउन ४ गते ००:०० | Jul 19, 2012
फेसबुकले वढायो डियोको व्यापार, चार दिनमा विक्री भो १४ करोड रुपैयाँको स्कुटी


काठमाडौं । होन्डाको ‘नयाँ डियो’ स्कुटरले नेपालमा विक्री थालेको चार दिनमा नै ८ सय ९० वटा विक्री गरेको छ । एउटा डियोको मूल्य १ लाख ५५ हजार ९ सय रुपैयाँ पर्छ अर्थात चार दिनमा नेपालीले डियो किन्नकै लागि कम्पनीलाई १३ करोड ८७ लाख रुपैयाँ बुझाएका छन् । होन्डाको नेपालस्थित अधिकारिक विक्रेता स्याकार कम्पनीबाट नयाँ डियोको सवै स्टक रित्तिएको हो । कम्पनीले दुई सातालाई लक्ष्य  गरेर नयाँ स्कुटर ल्याएको थियो । पुरानो मोडललाई स्तरोन्नति गरेर होन्डाले ल्याएको नयाँ स्कुटर किन्न ग्राहकले धेरैअघि देखि नै नाम दर्ता गराएका थिए ।
चार दिनमा नै सवै विक्री भएपछि नाम दर्ता गराएका सवैले स्कुटर पाएनन् । कम्पनीका अनुसार, अहिले पनि देशभरका डिलर र सोरुमहरुमा नाम दर्ता गराउन अझै ग्राहकहरु आइरहेका छन् । स्याकारको देशभर ७० डिलर छन् । नयाँ डियोको स्पोर्टि लुक छ । पहिलेको डियोको तुलनामा यसको इन्जिन क्षमता पनि वढी छ । नयाँको इन्जिन क्षमता १ सय १० सिसी हो । यसमा संयुक्त वे्रकिङ प्रणाली, ट्युवलेस टायर, गहकिलो एयर फिल्टर, टिकाउ व्याट्री, सिटमुनी १८ लिटरसम्म अट्ने ट्याङकी, आरामदायी सिट, थ्रिडी संकेत लगायतका विशेषता छन् ।
पहिलेको डियोको तुलनामा यसले १५ प्रतिशत इनधन बचत गर्छ । कम्पनीले केही समयअघि फेसबुकमार्फत मि एन्ड माइ डियो नामक अभियान सुरु गरेको थियो । अभियानका कारण पनि डियोको लोकप्रियता वढेको हो । यो अभियानमा १ हजार ६ सय ८७ जनाले डियोसँग फोटो खिचेर फेसवुकमा अपलोड गरेका थिए । त्यसमध्ये ९ सय जनालाई छनौंट गरी गरेको थियो । छनौटमा परेका मध्ये सवैभन्दा फेसवुक लाइक पाउने एक पुरुष र एक महिलालाई कम्पनीले एकेक लाख रुपैयाँ पुरस्कार दिएको थियो । यो अभियान अन्तर्गत १० लाखले होन्डाको पेज हेरेकाले विक्री वढेको हो ।

Tata
GBIME