जंगल सफारी लजको कन्फ्रेन्स हल, आवासिय सेमिनारका लागि प्रतिव्याक्ति २२ सयको प्याकेज

बिजमाण्डू
२०६९ फागुन १४ गते ००:०० | Feb 25, 2013
जंगल सफारी लजको कन्फ्रेन्स हल, आवासिय सेमिनारका लागि प्रतिव्याक्ति २२ सयको प्याकेज


काठमाडौं । सौराहामा रहेको जंगल सफारी लजले ‘कन्फ्रेन्स हल’मा अत्याधुनिक सुविधा थपेको छ । होटेलले अत्याधुनिक साउन्ड सिस्टम, विभिन्न इक्विपमेन्ट(सेमिनार सामग्री) र २४ घन्टा नै विजुलीको सुविधासहित हल सञ्चालनमा ल्याएको हो । ‘सौराहामा सेमिनार गर्न आउने समूह बढ्दै गएपछि हामीले कन्फ्रेन्स हलमा सुधार ल्याएका हौ,’ होटेलका प्रवन्ध निर्देशक सुमन घिमिरेले भने, ‘अब सौराहामा सबैभन्दा राम्रो हल हाम्रो हुनेछ ।’ उनका अनुसार अहिल सौराहामै आवासिय सुविधासहित सेमिनार गर्न आउनेको संख्या बढको छ ।

‘विगतमा सौराहामा हात्ती सफारी, जिप ड्राइभ गरेर गैंडा र अरु जनावर हेर्न आउने मात्रै थिए । तर अहिले सेमिनार गर्न विभिन्न कम्पनी, गैर सरकारी संस्था बैंक तथा वित्तीय संस्थाहरु सेमिनार गर्न आउन थालेका छन्,’ घिमिरेले भने, ‘त्यसैले हामीले सुविधा थपेर सेवाग्राहीलाई सजिलो बनाउन खोजेका हौ ।’ आवासिय सेमिनारलाई लक्षित गरेर होटेलले १५ वटा कोठा थपेको छ । योसँगै होटेलको ३५ वटा कोठा भएको छ । ‘कोठा थपिएपछि आवासिय सेमिनार गर्न झन् सजिलो भएको छ,’ उनले भने । होटेलले आवासिय सेमिनारको लागि प्रतिव्यक्ति प्रति रात २२ सय रुपैयाँको प्याकेज ल्याएको छ ।

Tata
GBIME