दरबार हत्याकाण्ड पुनः छानबिन गर्ने गृहमन्त्रीको निर्णय, जेनजी आन्दोलनकारीका मुद्दा फिर्ता हुने



बिजमाण्डू
२०८३ जेठ २६ गते २१:२३ | Jun 9, 2026
दरबार हत्याकाण्ड पुनः छानबिन गर्ने गृहमन्त्रीको निर्णय, जेनजी आन्दोलनकारीका मुद्दा फिर्ता हुने
फाइल फोटो

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्ड पुनः छानबिन गर्ने निर्णय गरेका छन्।

Tata
GBIME
Nepal Life

दोस्रो पटक मन्त्रालयमा कार्यभार सम्हाल्ने क्रममा मन्त्री गुरुङले २५ वर्ष पुरानो हत्याकाण्ड घटना पुनः अनुसन्धानको निर्णय गरेका हुन्।

यस्तै जेनजी आन्दोलनकारी उपरका फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने समिति गठनको पनि निर्णय गरेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप प्रभावकारी बनाउन स्रोत सम्पन्न गर्ने निर्णय पनि उनले गरेका छन्।