मन्त्रिपरिषद् बैठकमा कृषिमन्त्री चौधरीले बाँडिन् डीडीसीका उत्पादन, ‘प्रवर्धन गर्न सहयोग चाहियो’



बिजमाण्डू
२०८३ जेठ २६ गते १५:३३ | Jun 9, 2026
मन्त्रिपरिषद् बैठकमा कृषिमन्त्री चौधरीले बाँडिन् डीडीसीका उत्पादन, ‘प्रवर्धन गर्न सहयोग चाहियो’

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रिपरिषद् बैठकमा डीडीसीको उत्पादन वितरण गरेकी छन्।

Tata
GBIME
Nepal Life

उनले डीडीसीका उत्पादनलाई प्रवर्धन गर्न सरकारी सहयोग आवश्यक रहेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरुलाई दूध, घिउ, दही, पनिर र चिज वितरण गरेकी हुन्।

मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण र किसानको हित प्रवर्धनका लागि डीडीसीको व्यावसायिक सुदृढीकरण आवश्यक रहेको बताइन्।

उनले डीडीसीलाई थप प्रतिस्पर्धी र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबीच समन्वयको आवश्यकता औंल्याएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‍किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्नेमा उनको भनाइ थियो।