आफैंले समय तोकेर मौनधारण गर्नु सभाको अपमान : सभामुख अर्याल



बिजमाण्डू
२०८३ जेठ २६ गते १४:०० | Jun 9, 2026
आफैंले समय तोकेर मौनधारण गर्नु सभाको अपमान : सभामुख अर्याल

काठमाडौं । सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलहरुले गरेको मौन धारणले संसदको अपमान भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिले शहिदको आत्मसम्मानमा चोट पुगेको भन्दै ५ मिनट मौन धारण गराएका थिए।

केहि समय अलमलमा परेका अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले नियमापत्ति गरेपछि सांसद आफैले सभामा मौन धारण गराउन अपमान भएको बताएका हुन्।