प्रधानमन्त्री बालेनलाई संसद्‍मा उपस्थित गराएर क्षमायाचना गराउन विपक्षीको माग



बिजमाण्डू
२०८३ जेठ २५ गते १३:३० | Jun 8, 2026
प्रधानमन्त्री बालेनलाई संसद्‍मा उपस्थित गराएर क्षमायाचना गराउन विपक्षीको माग

काठमाडौं। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्‍मा उपस्थित गराएर क्षमायाचना गराउन माग गरेका छन्।

Tata
GBIME
Nepal Life

विपक्षी दलका तर्फबाट नेकपा (एमाले)की संसदीय दलकी उप नेता पद्मा अर्यालले शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्तिलाई फिर्ता लिएर माफी माग्नुपर्ने बताइन्।

‘बालेनको अभिव्यक्तिमा भुल सुधार गरौं। सभामुखले नेतृत्व गर्नुस्। प्रधानमन्त्रीलाई उपस्थित गरायर क्षमायाचना गर्नुस्,’ उनले भनिन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले पनि शाहले भुल सुधार नगरेसम्म बैठक कार्यसूचीमा प्रवेश गर्न नसक्ने बताए।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले बैठकमा विरोध जनाएका थिए। विपक्षीको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूलाई बोल्नका लागि समय दिएका छन्।