खुम्बु क्षेत्रमा हेलिकोप्टरले गर्न थाले उद्धार उडान, व्यावसायिक उडानको टुंगो एक सातामा

बिजमाण्डू
२०८१ माघ १५ गते १७:४२ | Jan 28, 2025
खुम्बु क्षेत्रमा हेलिकोप्टरले गर्न थाले उद्धार उडान, व्यावसायिक उडानको टुंगो एक सातामा


काठमाडौं। खुम्बु क्षेत्रमा हेलिकोप्टर उडानमा स्थानीयको अवरोध तीन सातापछि हटेको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले स्थानीयको अवरोध मंगलबारबाट हटेको जानकारी दिए।

Tata
GBIME
NLIC

स्थानीयले हेलिप्याडमा अवरोध हटाएपछि हेलिकोप्टरले उद्धार उडान सुरु गरेका छन्।

‘आजबाट हेलिकोप्टरले उद्धार उडान गर्न थालेका छन्। अबको एक साताभित्र माउन्टेन फ्लाइट, होभरिङ, सिलिङ लगायत कमर्सियल फ्लाइट गराउने गरी हामीले सबैसँग समन्वय गरिरहेका छौं,’ उनले भने, ‘स्थानीयवासी र व्यवसायी समझदारीका लागि तयार भएका छन्।’

उनका अनुसार एक साताभित्र व्यावसायिक उडानको टुंगो लाग्नेछ।

खुम्बु क्षेत्रको मानव वस्तीमा ध्वनि प्रदूषण भएको, आपराधिक क्रियाकलाप हुनसक्ने सम्भावना रहेको र खुम्बु क्षेत्रको व्यापार व्यवसायमा नकारात्मक असर परेको कारण देखाउँदै स्थानीय तहको अगुवाइमा पुस २३ देखि हेलिकोप्टर उडानमा अवरोध गरिएको थियो।