काठमाडौंको इन्द्रचोकबाट स्रोत नखुलेको ४० लाखसहित समातिए श्रेष्ठ, अनुसन्धान गर्दै प्रहरी

बिजमाण्डू
२०८१ माघ १४ गते १६:५८ | Jan 27, 2025
काठमाडौंको इन्द्रचोकबाट स्रोत नखुलेको ४० लाखसहित  समातिए श्रेष्ठ, अनुसन्धान गर्दै प्रहरी
फाइल फोटो


काठमाडौं। स्रोत नखुलेको करिब ४० लाख रुपैयाँसहित काठमाडौंको इन्द्रचोकबाट एक जना पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

स्रोत नखुलेको ३९ लाख ७८ हजार रूपैयाँसहित प्रहरीले चितवनको भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो।

आफ्नो इन्टेलिजेन्स शाखाबाट खटिएको टोलीले पक्राउ गरेका श्रेष्ठमाथि आवश्यक अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।