३३ कट्ठा जग्गाको नक्कली धनीपुर्जा बनाएर बैंकबाट सवा करोड ऋण, तीन जना समातिए

बिजमाण्डू
२०८१ माघ ११ गते १२:४७ | Jan 24, 2025
३३ कट्ठा जग्गाको नक्कली धनीपुर्जा बनाएर बैंकबाट सवा करोड ऋण, तीन जना समातिए


काठमाडौं। नक्कली जग्गा धनीपुर्जा बनाएर बैंकबाट ऋण लिएको खुलेको छ। बाँके ३३ कट्ठा जग्गाको नक्कली पुर्जा बनाएर मुक्तिनाथ विकास बैंक लिमिटेड लगनटोल काठमाडौंबाट १ करोड २० लाख रकम कर्जा लिएको खुलेको हो।

Tata
GBIME
NLIC

अनुसन्धानका क्रममा बाँके प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा तीन जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१ घर भएका २२ वर्षीय गौरव कार्की र ३५ वर्षीय ईश्वरी माया रोका तथा बारा घर भएका ३५ वर्षीय दिलीप कुमार सिंह छन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।