नेप्सेमा थपियो ३३.३२ लाख कित्ता सेयर, दुई कम्पनीको बोनस सेयर सूचीकृत

बिजमाण्डू
२०८१ माघ ९ गते १८:१५ | Jan 22, 2025
नेप्सेमा थपियो ३३.३२ लाख कित्ता सेयर, दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं। नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सगरमाथा जलविद्युत कम्पनी र साहस ऊर्जाको बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो।

Tata
GBIME
NLIC

सगरमाथा जलविद्युतको ५ लाख ३२ हजार कित्ता सेयर थपिएको छ। सगरमाथाले सेयरधनीलाई गत वर्षको मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

त्यस्तै, साहस ऊर्जाको २८ लाख कित्ता सेयर नेप्सेमा थपिएको छ। कम्पनीले पोहोरको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।