टोयोटाले देखायो अर्बन क्रुजर इभी र हाइलक्स फ्युल सेलको कन्सेप्ट मोडल, विशेषता यस्ता

बिजमाण्डू
२०८१ माघ ६ गते १४:४७ | Jan 19, 2025
टोयोटाले देखायो अर्बन क्रुजर इभी र हाइलक्स फ्युल सेलको कन्सेप्ट मोडल, विशेषता यस्ता


काठमाडौं। टोयोटाले सुजुकीसँग मिलेर विकास गरेको अर्बन क्रुजर इभीको कन्सेप्ट मोडल देखाएको छ। शुक्रबार सुरु भएको भारत मोबिलिटी अटो एक्स्पोमा टोयोटाले अर्बन क्रुजर इभीको कन्सेप्ट मोडल सार्वजनिक गरेको हो।

Tata
GBIME
NLIC

टोयोटाले आफ्नो इलेक्ट्रिक गाडीको भविष्यलाई झल्काउन हाइलक्स फ्युल सेलको कन्सेप्ट पनि सार्वजनिक गरेको छ। यी दुई कन्सेप्टले इन्नोभेसनप्रतिको आफ्नो प्रतिवद्धता झल्काउने टोयोटाले जनाएको छ।

अर्बन क्रुजर इभी

अर्बन क्रुजर इभी स्टाइलिस डिजाइन र आधुनिक सुविधासहित एक कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हुनेछ। यसमा दैनिक प्रयोगका लागि पर्याप्त ब्याट्री र द्रुत चार्जिङ क्षमता हुने अपेक्षा गरिएको छ।

यसमा एडास फिचर उपलब्ध हुनेछ। १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट १०.१ इन्चको टचस्क्रिन हुनेछ। यसमा १८ इन्चको एरो अप्टिमाइज्ड ह्वील, जेबीएल ब्रान्डको अडियो सिस्टम उपलब्ध हुनेछ। 

ई भिटारामा जस्तै यसमा ४९ र ६१ किलोवाट आवर क्षमताका दुईवटा ब्याट्री प्याक उपलब्ध हुने अनुमान छ। 

हाइलक्स फ्युल सेल

हाइलक्स फ्युल सेल एक रोमाञ्चक कन्सेप्ट हो जसले विश्वसनियता र टिकाउपनका लागि परिचित हाइलक्स पिकअप ट्रकलाई हाइड्रोजन फ्युल सेल प्रविधिसँग जोड्छ।

लामो दूरीको यात्रा गर्न मिल्ने गरी गाडी बनाउने भनिएको छ। यो कन्सेप्टले धेरै भार बहन क्षमताका गाडीमा पनि स्वच्छ ऊर्जाको प्रयोगको सम्भावना देखाउँछ।