कियाको सबैभन्दा सानो र सस्तो साइरस गाडी अटो एक्स्पोमा, फेब्रुअरीबाट डेलिभरी गरिने

बिजमाण्डू
२०८१ माघ ६ गते ११:३५ | Jan 19, 2025
कियाको सबैभन्दा सानो र सस्तो साइरस गाडी अटो एक्स्पोमा, फेब्रुअरीबाट डेलिभरी गरिने


काठमाडौं। कियाले आफ्नो सबैभन्दा सानो र सस्तो कार साइरसलाई भारत मोबिलिटी एक्स्पोमा राखेको छ। कियाले यसको बुकिङ केही महिना अगाडि खुलाएको थियो। फेब्रुअरीबाट साइरस डेलिभरी गर्ने कम्पनीको योजना छ।

Tata
GBIME
NLIC

साइरस एक नयाँ कम्प्याक्ट एसयुभी हो, जसको आकर्षक डिजाइन, आरामदायी इन्टेरियर र उन्नत सुविधाहरूका कारण भारतीय बजारमा चर्चा छ।

यो गाडीले सेल्टस र सोनेटलाई प्रतिस्थापन गर्ने कम्पनीको तयारी छ। साइरसको डिजाइन निकै बोल्ड र आकर्षक छ। यो गाडीलाई एरोडायनामिक बडी र एलईडी हेडल्याम्पले गाडीलाई स्पोर्टी लुक दिइएको छ। कारमा ठूलो सनरुफ पनि छ।

गाडीको भित्री भाग आरामदायी छ। ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र छालाका सिट छन्। साइरसमा पेट्रोल र डिजेल इन्जिन दुवै विकल्प उपलब्ध छन्।