
काठमाडौं। चिनियाँ गाडी उत्पादक कम्पनी बीवाइडीले सिलायन-७ को बुकिङ खुलाएको छ। भारतको दिल्लीमा जारी सवारी मेला भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा शनिबारदेखि उक्त गाडीको बुकिङ खुलाएको हो।
सिलायन-७ लाई ७० हजार रुपैयाँँ टोकन राखेर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। गत भदौमा नाडा अटो शोमा नेपालका लागि पनि यो गाडी शोकेस गरिएको थियो। नेपाली बजारमा आइसकेको भने छैन।
अहिले बुकिङ खुलाए पनि भारतमा उक्त गाडी मार्चमा डेलिभरी गरिने छ। कम्पनीले फेब्रुअरी १७ सम्म बुक गर्ने ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराउने जनाएको छ।
यसमा ८२.५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकेज छ। जसले फुल चार्जमा ५४२ किलोमिटर रेन्ज दिन्छ।
कम्पनीले अटो एक्स्पोमा सिल, एटो-३, याङ्वाङ यु८ र एम्याक्स ७ गाडी पनि राखेको छ।