अमेरिकी डलरसँगै अधिकांश विदेशी मुद्राको विनिमय दर उच्च, आज कतिमा हुँदैछ कारोबार?

बिजमाण्डू
२०८१ माघ ५ गते ०६:०७ | Jan 18, 2025
अमेरिकी डलरसँगै अधिकांश विदेशी मुद्राको विनिमय दर उच्च, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं। अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र युरोपियन युरोसँगै शनिबार अधिकांश विदेशी मुद्राको विनिमय दर बढेको छ। नेपाली मुद्राका लागि वैदेशिक व्यापार र ऋणको साँवाब्याजका किस्ता महँगो बनाउँदै लगेको डलरले घटने संकेत दिएको छैन।

Tata
GBIME
NLIC

विनिमय दरमा बढोत्तरी लगातार छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर बढेर शनिबार १ को खरिद दर १३८ रुपैयाँ २८ पैसा र बिक्री दर १३८ रुपैयाँ ८८ पैसा पुगेको छ। शुक्रबार खरिद दर १३८ रुपैयाँ १९ पैसा र बिक्री दर १३८ रुपैयाँ ७० पैसा थियो।

यसैगरि खरिद दर १४२ रुपैयाँ १७ पैसा र बिक्री दर १४२ रुपैयाँ ७९ पैसा रहेको युरोपियन युरो पनि बढेर खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा पुगेको छ।

पाउण्ड स्टर्लिङ खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा बाट बढेर खरिद दर १६८ रुपैयाँ ९२ पैसा र बिक्री दर १६९ रुपैयाँ ६६ पैसा भएको छ।

अष्ट्रेलियन डलर र क्यानेडियन डलरको विनिमय दरमा भने गिरावट छ। खरिद दर ८५.८३ र बिक्री दर ८६.२० रुपैयाँ रहेको अष्ट्रेलियन डलर घटेर खरिद दर ८५.७५ र बिक्री दर ८६.१२ रुपैयाँ भएको छ।

यस्तै खरिद दर ९६.१३ र बिक्री दर ९५.५५ रुपैयाँ रहेको क्यानेडियन डलर घट्दै खरिद दर ९५.९६ र बिक्री दर ९६.३८ रुपैयाँ भएको छ।

जापानी येन, चिनियाँ युआन, साउदी रियाल, सिंगापुर डलर, कतारी रियाल, थाइ भाट, यूएई दिराम, मलेसियन रिंगेट, कोरियन वोनको विनिमय दर बढेको छ।

यस्तो छ आजको विनिमय दर

मुद्राइकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१३८.२८१३८.८८
युरोपियन युरो१४२.५३१४३.१५
पाउण्ड स्टर्लिङ१६८.९२१६९.६६
स्वीस फ्रयांक१५१.६९१५२.३५
अष्ट्रेलियन डलर८५.७५८६.१२
क्यानेडियन डलर९५.९६९६.३८
सिंगापुर डलर१०१.१९१०१.६३
जापानी येन१०८.८८८.९२
चिनियाँ युआन१८.८७१८.९५
साउदी रियाल३६.८६३७.०१
कतारी रियाल३७.९३३८.०९
थाइ भाट४.०१४.०३
यूएई दिराम३७.६५३७.८१
मलेसियन रिंगेट३०.६९३०.८२
कोरियन वोन१००९.४९९.५३
स्वीडिश क्रोनर१२.४०१२.४५
डेनिश क्रोनर१९.१०१९.१९
हङकङ डलर१७.७६१७.८३
कुवेती दिनार४४८.१९४५०.१३
बहरेन दिनार३६६.८४३६८.४४
ओमानी रियाल३५९.१९३६०.७५
स्रोत : नेपाल राष्ट्र बैंक