काठमाडौं। एनएमबि बैंकले बिहिबार आफ्नो २९औं वार्षिक साधारण सभा गरेको छ। बैंकले संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीको उपस्थितिमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारण सभा गरेको हो।
सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा भएको साधारण सभामा सेयरधनीले आ–आफ्नो विचार व्यक्त गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैंकले गत आर्थिक वर्ष २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।