समता घरेलु लघुवित्तको लाभांश घोषणा, सेयरधनीले २ करोड ९९ लाख बराबरको प्रतिफल पाउने

बिजमाण्डू
२०८१ पुष २५ गते ११:१० | Jan 9, 2025
समता घरेलु लघुवित्तको लाभांश घोषणा, सेयरधनीले २ करोड ९९ लाख बराबरको प्रतिफल पाउने

काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले कर प्रयोजनका लागि नगदसहित ५.२६ प्रतिशत प्रतिफल लाभांश घोषणा गरेको हो।

Tata
GBIME
NLIC

लघुवित्तका सेयरधनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने २ करोड ९९ लाख ५४ हजार रुपैयाँ बराबरको बोनस सेयर प्राप्त गर्नेछन्। कम्पनीको चुक्ता पुँजी ५९ करोड ९० लाख रुपैयाँ छ।

नेपाल राष्ट्र बैंक र लघुवित्तको साधारण सभाबाट पारित भएपछि सेयरधनीले बोनस सेयर प्राप्त गर्नेछन्।

लघुवित्तले आर्थिक वर्ष २०७९/८० मा ५.४२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। २०७८/७९ मा ३ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिएको थियो। यस्तै, २०७७/७८ मा ५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।