सट्टेबाजीको आशंकामा कीर्तिपुरमा सादा पोशाकमा सीआइबीको टोली, हालसम्म ८ जना समातिए

बिजमाण्डू
२०८१ मंसिर २६ गते ११:५० | Dec 11, 2024
सट्टेबाजीको आशंकामा कीर्तिपुरमा सादा पोशाकमा सीआइबीको टोली, हालसम्म ८ जना समातिए


काठमाडौं । नेपाल प्रिमियम लिग (एनपीएल) मा सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले खेल सुरु भएदेखि मंगलबारसम्म ८ जनालाई पक्राउ गरेको हो।

सट्टेबाजीको आशंका भएपछि अहिले क्रिकेट मैदान कीर्तिपुरमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको सीआइबीका एसपी होबेन्द्र बोगटीले जानकारी दिए।

‘हामीले विषेश रुपमा हेरिरहेका छौं। मैदानबाट नै सट्टेबाजी हुने गरेकाले फिल्डमा प्रहरी परिचालन गरिएको छ,’ एसपी बोगटीले भने।

सट्टेबाजीमा सबै भन्दा धेरै भारतीय युवाको संलग्नता देखिएको छ। प्रहरीले पहिले चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो। नेपालमा अनलाईन जुवालाई अबैध मानिन्छ।