काठमाडौं। सोमबारदेखि सुनको मूल्य लगातार बढिरहेको छ। बुधबार सुनको कारोबार मूल्य १ लाख ५४ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनको भन्दा तोलामा २ हजार रुपैयाँले बढेको हो। मंगलबार पनि सुन तोलामा २१ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँ भएको थियो।
सोमबार सुन ४ सय रुपैयाँले बढेको थियो। सोमबार कारोबार मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुन तोलामा ४ सय रुपैयाँ बढेर १ लाख ४९ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो।
चाँदीको मूल्य बुधबार प्रतितोला १ हजार ९२५ रुपैयाँमा स्थिर छ। सोमबार स्थिर रहेको चाँदी मंगलबार तोलामा ६० रुपैयाँले बढेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बुधबार बढेर प्रति औंस २६८४.३७ डलर छ। चाँदी प्रति औंस ३१.६६ डलर छ। मंगलबार सुन प्रति औंस २६७०.४४ डलर र चाँदी प्रति औंस ३१.९७ डलर थियो।