महतोको घातक बलिङसामू चलेन सुदूरपश्चिमको ब्याटिङ, जनकपुरलाई १ सय २४ रनको लक्ष्य

बिजमाण्डू
२०८१ मंसिर २६ गते १०:४२ | Dec 11, 2024
महतोको घातक बलिङसामू चलेन सुदूरपश्चिमको ब्याटिङ, जनकपुरलाई १ सय २४ रनको लक्ष्य
सुदूरपश्चिमविरुद्ध फिल्डिङमा जनकपुर बोल्ट्सका खेलाडी। तस्बिर: एनपीएल

काठमाडौं। सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामू १ सय २४ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको हो।

Tata
GBIME
NLIC

टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका ओपनरद्वय विनोद भण्डारी र सैफ जैबले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई ठीकठाक सुरुवात दिलाएका थिए। जैबले २१ रन बनाएर हर्ष ठाकरको बलमा आउट हुँदा टोलीका लागि सर्वाधिक रन बिनोद भण्डारीले बनाए। उनले ३३ रन बनाउँदै शेर मल्लको बलमा जोसुवा ट्रम्पबाट क्याचआउट भए।

ब्याटिङमा सुदूरपश्चिमका खेलाडी। तस्बिर: एनपीएल

त्यसपछि ब्याटिङमा आएका अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन नसक्दा इशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलनले ११ रन बनाए। प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरिरहेका दीपेन्द्रसिंह ऐरी आज भने डकआउट हुन पुगे।

सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाउन किशोर महतोले घातक बलिङ गरे। उनले सर्वाधिक ४ विकेट लिँदा शेर मल्ल र अरनिको यादवले समान २ विकेट लिए।

जनकपुर जवाफी ब्याटिङमा उत्रिएको छ।