एनपीएल: जनकपुर बोल्ट्सले टस जित्यो, पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

बिजमाण्डू
२०८१ मंसिर २६ गते ०९:०८ | Dec 11, 2024
एनपीएल: जनकपुर बोल्ट्सले टस जित्यो, पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिलकुमार साहले टस जितेर फिल्डिङ रोज्दै सुदूरपश्चिमलाई पहिलो ब्याटिङको निम्ता दिएका हुन्।

Tata
GBIME
NLIC

जनकपुर जारी प्रतियोगितामा एकमात्र अपराजित टोली हो। चार खेलमा शतप्रतिशत जित निकालेको जनकपुरले विराटनगर किंग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सलाई हराएको थियो। ४ खेलबाट ८ अंकसहित जनकपुर अंकतालिकाको शीर्षस्थानमा छ।

त्यस्तै सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ। उसले ४ खेलमध्ये तीनवटामा जित निकाल्दै ६ अंक बनाएको छ। सुदूरपश्चिमले विराटनगर किंग्स, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो भने चितवन राइनोजसँग पराजित भएको थियो।

आजको खेलमा शेख दाजुभाइको राइभल देख्न सकिनेछ। राष्ट्रिय टोलीमा पनि सँगै खेल्ने आशिफ शेख जनकपुरबाट र आशिफ शेख सुदूरपश्चिमबाट आमनेसामने हुनेछन्। आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्नेछन्।