देश छाडेर भागेका सिरियाका राष्ट्रपति असादलाई रसियाले शरण दिने

बिजमाण्डू
२०८१ मंसिर २४ गते १०:०३ | Dec 9, 2024
देश छाडेर भागेका सिरियाका राष्ट्रपति असादलाई रसियाले शरण दिने
Photo : AFP

विद्रोही समूहले सिरिया नियन्त्रणमा लिएपछि देश छाडेर भागेका राष्ट्रपति बसर अल असाद रसिया पुगेका छन्।

Tata
GBIME
NLIC

रसियाली सरकारी संचार माध्यमका अनुसार असाद त्यहीँ शरणमा बस्नेछन्। सन् २००० मा सिरियाका राष्ट्रपति बनेका असाद रसियाका विश्वासिला पात्र हुन्। रसियाकै सहयोगमा असादले सिरियामा दुई दशकभन्दा बढी सत्ता चलाए।

तर, यसपटक रसियाले हात झिक्दा उनी पलायन भएर रसियामा नै शरण लिन बाध्य भएका हुन्।

इस्लामिक मिलिटेन्ट समूह तहिर अल सम (एचटीएस)ले राजधानी दमास्कस नियन्त्रणमा लिएपछि असाद परिवारसहित विमानबाट देश छाडेर भागेका थिए।

त्यसपछि एचटीएसले सिरियालाई असाद शासनबाट मुक्त भएको घोषणा गरेको थियो।

‘ सिरिया अन्धकार युगबाट मुक्त भएको छ र अब नयाँ अध्यायको सुरु हुन्छ,’ एचटीएसले जनाएको छ।

एचटीएसले हालकै प्रधानमन्त्रीले केहीदिन शासन व्यवस्था संचालन गर्ने जनाएको छ।