
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति मिलेको छ।
प्रहरीले बिहान जिल्ला अदालत कास्कीमा उपस्थित गराएका लामिछानेलाई हिरासतमा राख्न सरकारी वकिल कार्यालयले १३ दिन माग गरेको थियो।
केही थप कागजपत्र बुझ्नुपर्ने भएकाले १३ दिन माग गरिएको थियो। तर अदालतले ४ दिन मात्र दिएको हो।
रवि लामिछानेले चितवनबाट पोखरा ल्याउँदा भएको घटनाको विषयमा बोलेका थिए।
यसअघि रवि लामिछानेविरुद्ध ५ पटक म्याद थप गरिएको थियो। उनलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।
लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ। त्यस्तै रुपन्देही, काठमाडौं, चितवन पुर्याए सहकारी ठगीमा बयान समेत गरिसकेको छ।
वीरगंजको सानो पाइला सहकारी ठगीमा पनि पक्राउ पुर्जी जारी भएको छ। तर त्यहाँ भने उनलाई हाल उपस्थित गराइएको छैन।