काठमाडौ। नेपाल राष्ट्र बैंकले यसपालि अहिलेसम्म १० वटा लघुवित्तलाई साधारण सभा गर्न अनुमति दिएको छ।
राष्ट्र बैंकले फरवार्ड, आरएसडीसी, सपोर्ट, आशा, गुराँस, नेसनल, फर्स्ट माइक्रोफाइनान्स, हिमायलन, स्वालम्बन र युनिक नेपाल लघुवित्त लाई साधारण सभा गर्न अनुमति दिएको हो।
नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान छ।
सोही प्रावधान अनुसार राष्ट्र बैंकले १० वटा लघुवित्तलाई साधारण सभा गर्न अनुमति दिएको हो।
अनुमित पाएकामध्ये ८ लघुवित्तले सेयरधनीलाई लाभांश घोषणा गरेका छन्। युनिक नेपाल र हिमालयन लघुवित्तले भने सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेका छन्।
अनुमति पाएकामध्ये गुराँस, आशा र स्वावलम्बन लघुवित्तले साधारण सभा सम्पन्न गरिसकेका छन्।
४ लघुवित्तले लाभांश प्रस्तावसहित साधारण सभाको मिति तय गरेका छन्।
नेसनल लघुवित्तले एफपीओ निष्कासन र १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न मंसिर २४ गते साधारण सभा डाकेको छ।
फरवार्ड लघुवित्तले मंसिर २८ गते साधारण सभा डाकेको छ। यो लघुवित्तले १४ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्दैछ।
सपोर्ट लघुवित्तले पुस ६ र फर्स्ट माइक्रोफाइनान्सले पुस ११ गते साधारण सभा बोलाएका छन्। सपोर्टले साढे १४ र फर्स्ट माइक्रोफाइनान्सले ९.४७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दैछन्।
हाल ५२ वटा लघुवित्त सञ्चालनमा छन्। तीमध्ये केहीले साधारण सभाका लागि राष्ट्र बैैंकसँग अनुमति मागेका छन्। धेरैजसो लघुवित्त राष्ट्र बैंकमा पुगेका छैनन्।