सिटिजन्स बैंकलाई २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड, ‘नेपालको बैंकिङ क्षेत्रलाई हौसला’

बिजमाण्डू
२०८१ मंसिर २० गते ०६:२० | Dec 5, 2024
सिटिजन्स बैंकलाई २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड, ‘नेपालको बैंकिङ क्षेत्रलाई हौसला’

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ। ‘क’ वर्गको वाणिज्य बैंक सिटिजन्स बैंकले आधा दर्जनभन्दा वढी संस्थाहरूलाई गाभेर आफ्नो क्षमता विस्तार गरिरहेको छ। बैंकले पहिलो पटक यो अवार्ड प्राप्त गरेको हो।

Tata
GBIME
NLIC

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘द बैंकर’ले सन् २०२४ को ‘बैंक अफ द इयर’ बाट सिटिजन्स बैंकलाई सम्मान प्रदान गरेको हो।

नेपाली समयअनुसार बिहीबार मध्यरातमा बैंकका अध्यक्ष प्रवलजंङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरलले लण्डनमा आयोजित एक कार्यक्रममा अवार्ड ग्रहण गरेका छन्।

सिटिजन्स बैंकले साना तथा लघु उद्यमका साथै कर्पोरेट फाइनान्सिङ गर्छ। बैंकको थोक तथा खुद्र व्यापारतर्फपनि राम्रो एक्सपोजर छ। बैंकले नवीकरणीय ऊर्जादेखि ठूला पूर्वाधारहरूमा समेत लगानी गरिरहेको छ।

अवार्ड ग्रहण पश्चात बैंकका अध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त अवार्डले सिटिजन्स बैंकले दिने सेवा प्रवाह विस्तारमा थप सहयोग पुग्ने बताए। उनले यसलाई नेपालको बैंकिङ क्षेत्रकै सफलताका रुपमा व्याख्या गरे।

उनले यो अवार्डले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताएका छन्।

‘वर्तमान अर्थतन्त्रको पृष्ठभूमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हौसला प्रदान गरेको छ। हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्नेछ,’ उनले भने।

पत्रिकाले यो वर्ष १५० भन्दा बढी मुलुकका बैंकलाई अवार्ड दिएको छ। हरेक देशका वाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेबसाइटमा उल्लेख छ। पत्रिकाले २५ वर्षदेखि यस्तो अवार्ड वितरण गर्दै आएको छ।