अन्तिम ओभरमा विवेकको सट्टामा म गएको भए तीन बलमै खेल सकिन्थ्यो : रोहित पौडेल

बिजमाण्डू
२०८१ मंसिर १९ गते १७:४५ | Dec 4, 2024
अन्तिम ओभरमा विवेकको सट्टामा म गएको भए तीन बलमै खेल सकिन्थ्यो : रोहित पौडेल

काठमाडौं। लुम्बिनी लायन्सले विराटनगर किंग्ससँग २ विकेटको हार ब्यहोर्दै नेपाल प्रिमियर लिग एनपीएलको सुरुवात गरेको छ। प्रभावशाली ब्याटिङ गर्दै एनपीएलकै उच्च स्कोर बनाएको लुम्बनीले १ सय १९१ रन डिफेन्ड गर्न नसक्दा पराजय ब्यहोर्न पुग्यो।

Tata
GBIME
NLIC

खेलबारे कुरा गर्दै लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले विपक्षी टोलीले राम्रो खेलेको बताए।

‘लोकेशले राम्रो खेल्यो। उसैले म्याच जिताएको भए अझै राम्रो देखिन्थ्यो। दीपक बोहरा, प्रतिश जिसी सबैले राम्रो खेले। राष्ट्रिय टोलीको कप्तानका रुपमा खुशी लागि रहेको छ,’ उनले भने।

यो खेलमा लुम्बिनीका लागि सबैभन्दा महँगा बलर बनेका थिए विवेक यादव। कप्तान पौडेलले अन्तिम ओभरमा उनै यादवलाई बलिङको जिम्मेवारी दिए। यस्तोमा पौडेल आफूसँग यो निर्णयको विकल्प नभएको बताउँछन्।

‘विवेकको विकल्पमा म थिएँ। दुईवटा दायाँ हाते ब्याट्सम्यान थिए। मभन्दा विवेक राम्रो विकल्प थियो। म आएको भए तीन बलमै खेल सकिन्थ्यो होला,’ ठट्टा गर्दै पौडेलले भने।

अर्कोतर्फ विराटनगरलाई विशाल लक्ष्य पछ्याउन मुख्य भूमिका रह्यो लोकेश बमको। उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ७१ रन बनाए।

‘यहाँको विकेट गाह्रो छ। यो विकेटमा नेपाली खेलाडी भिज्न सक्नु पर्छ। हामी खेलिरहेको मैदान भएर नेपाली खेलाडी नै म्याच विनर हुनुपर्छ,’ बमले खेलपछिको कुराकानीमा भने।

उक्त खेलमा विराटनगरले २९ रन अतिरिक्त दिएको थियो। आफू टोलीका लागि जुनसुकै भूमिकामा पनि खेल्न ‘फ्लेक्जिबल’ भएको भन्दा उनले आफूबाट त्यसको आधा रन गएको स्वीकारे। साथै आगामी यसमा सुधार गर्ने बताए।

एक अर्कामा विश्वास गरेर नतिजा निकाल्न सफल भएको बमले सुनाए।

‘१९२ लक्ष्य चेज। ओपरन भएपछि जहिले पनि टोलीलाई राम्रो ओपनिङ दिउ भन्ने हुन्छ। हामी ब्याटिङका लागि जानु अघि त्यहिँ कुरा भएको थियो। हामी खेल जित्छौं भन्ने विश्वास थियो।,’ उनले भने।

अन्य केही टोलीले विदेशी खेलाडीलाई विकेटकिपरको जिम्मेवारी दिएको अवस्थामा उनी विराटनगरको विकेटकिपर छन्। खासगरी जनकपुर बोल्टसँग राष्ट्रिय टोलीका पहिलो रोजाइका दुई विकेटकिपर ब्याटर आशिफ शेख र अनिलकुमार साह छन्।

तर दुई खेल खेलिसक्दा यी दुवैले विकेट किपिङ गरेका छैनन्। यो टोलीको विकेट किपिङ लाहिरु मिलन्थाले गर्दै आएका छन्।

‘टोलीले जुन रोल दिए पनि तयार छु। फिल्डिङ गर्न पनि मन पराउँछु,’ बमले भने।

विराटनगरले एनपीएलमा तीन खेल खेलिसकेको छ। जसमा सुरुवाती दुई खेलमा पराजय ब्यहोर्दै दबाबमा आएको यो टोलीले तेस्रो खेलमा आएर लुम्बिनीलाई हराएको हो।

अर्कोतर्फ लुम्बिनीले भने पहिलो खेल आज खेल्यो। र, पहिलो खेलमै विराटनगरसँग हार ब्यहोरेको छ।

अंकतालिकामा समान दुई खेलबाट सतप्रतिशत जित निकालेका जनकपुर बोल्ट्स र चितवन राइनोज शीर्ष दुईमा छन्। समान २ अंक बनाएका काठमाडौं गुर्खाज, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन्।

छैटौँ, सातौँ र आठौं स्थानका लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले कुनै खेल जित्न सकेका छैनन्।

बिहीबार एनपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स छन्।

सम्बन्धित समाचार: तेस्रो खेलमा विराटनगरको जित, पहिलो खेलमा लुम्बिनी २ विकेटले पराजित