थाइ एयर एसियाको शुक्रबार बैंकक-भैरहवा उडान: आउने ७ जना र जाने ३२ जना यात्रु

बिजमाण्डू
२०८१ कात्तिक २३ गते १४:३३ | Nov 8, 2024
थाइ एयर एसियाको शुक्रबार बैंकक-भैरहवा उडान: आउने ७ जना र जाने ३२ जना यात्रु

काठमाडौं। थाइ एयर एसियाको बैंकक-भैरहवा दुईतर्फी उडानमा यात्रुको माग आउन थालेको छ। एक साता भन्दा कम समयमै सुरु गरेको यो रुटमा शुक्रबार दोस्रोपटक गरिएको उडानमा ७ यात्रु आएका छन् भने ३२ यात्रु बैंकक गएको विमानस्थल प्रवक्ता विनोद राउतले बताए।

Tata
GBIME
NLIC

‘थाइ एयर एसियाको उडानमार्फत उताबाट ७ यात्रु आएका छन्। यहाँबाट ३२ यात्रु बैंकक गएका छन्,’ प्रवक्ता राउतले भने, ‘छोटो समयमा उडान तालिका बनाउँदा पनि यत्तिको यात्रु आउनु भनेको उल्लेख्य नै हो।’

अर्को साताबाट कम्पनीको जहाजले सोमबार र बिहीबार उडान गर्ने तालिका रहेको उनले जानकारी दिए। उनका अनुसार कम्पनीको जहाज दिउँसो १२:१५ बजे भैरहवा अवतरण गर्ने तालिका पाएको उनले बताए।

गत आइतबारबाट मलेसियाको लो कस्ट वायुसेवा थाइ एयर एसियाले बैंकक-भैरहवा-बैंकक सिधा उडान गरेको थियो। पहिलो दुईतर्फी उडानमा यात्रु उडान शून्य रहेको थियो। जसमा ७ जना चालकदलको मात्र सहभागिता रहेको थियो।