डोनाल्ड ट्रम्पको जितलाई राष्ट्रपति पौडेलले भने ‘ऐतिहासिक’, निर्वाचित भएकोमा दिए बधाई

बिजमाण्डू
२०८१ कात्तिक २१ गते १६:४० | Nov 6, 2024
डोनाल्ड ट्रम्पको जितलाई राष्ट्रपति पौडेलले भने ‘ऐतिहासिक’, निर्वाचित भएकोमा दिए बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।

Tata
GBIME

एक्स (पहिला ट्वीटर) मार्फत उनले ट्रम्पको जितलाई ऐतिहासिक भन्दै दोस्रो कार्यकालको लागि शुभकामना पनि दिएका छन्।

उनले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन्।

पूर्व राष्ट्रपति ट्रम्पले वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका हुन्।