काठमाडौं। ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर योजना सार्वजनिक गरिएको छ।
बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा ५०० रुपैयाँ क्यासब्याक पाउने योजना सार्वजनिक गरिएको हो।
क्यासब्याक पाउनका लागि ग्राहकले ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’बाट टिकट बुक गर्नुपर्नेछ।
टिकट बुक गर्दा ‘फ्लाइ यती’ प्रोमो कोड प्रयोग गरी ५०० रुपैयाँ क्यासब्याक पाइने बैंकले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
ग्राहकले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन्। बैंकका अनुसार क्यासब्याक योजना मंसिर १४ सम्म कायम रहनेछ।