हिरोले ल्यायो एक्सपल्स बाइकमा नयाँ भेरियन्ट, इन्जिन क्षमता बढाएर २१० सीसी

बिजमाण्डू
२०८१ कात्तिक २१ गते ०९:३९ | Nov 6, 2024
हिरोले ल्यायो एक्सपल्स बाइकमा नयाँ भेरियन्ट, इन्जिन क्षमता बढाएर २१० सीसी

काठमाडौं। हिरो मोटोकर्पले एक्सपल्सको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले इआइसीएमए २०२४ को अवसर पारेर उक्त बाइक बजारमा ल्याएको हो।

Tata
GBIME
NLIC

यसअघि एक्सपल्स २०० सीसी क्षमताका मात्रै बजारमा उपलब्ध थिए। अब भने यसको २१० सीसी भेरियन्ट पनि बजारमा आएको छ। यसमा करिज्मा एक्सएमआरमा भएको इन्जिन हुनेछ तर यसको पावर भने कम हुने कम्पनीले जनाएको छ।

यसमा २१० सीसी क्षमताको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन उपलब्ध छ। यसले २४ .६ हर्सपावर र २०.७ एनएम टर्क उत्पादन गर्छ। तर करिज्मा एक्सएमआरमा भएको उस्तै इन्जिनको २५.५ हर्सपावर छ।

यसमा पनि ६ स्पिड गियरबक्स र स्लिप र असिस्ट क्लच दिइएको छ। यसमा पनि लङ ट्राभल सस्पेन्सन उपलब्ध छ। जसमा अगाडिको फ्रन्ट फोर्क शक २१० एमएम र पछाडिको मोनोशक २०५ एमएमको छ।

यस्तै यसमा स्वीचएबल एबीएस र ४.२ इन्चको थिन फ्लिम ट्रान्जिटर (टिएफटी) स्क्रिन उपलब्ध छ। उक्त स्क्रिनमा स्पिडमिटर, ओडोमिटर, गियर पोजिसन इन्डिकेटर र एबीएस मोडहरु जस्ता फिचर डिस्प्ले हुन्छन्।

यसको फ्रन्ट ह्वील २१ इन्च र पछाडिको १८ इन्च ह्वीलका साथै डुअल स्पोर्ट टायर छन्। यसको ग्राउन्ड क्लियरेन्स २२० एमएमको छ।

यसको अन्य डिजाइनहरु भने एक्सपल्स २०० को जस्तै नै छन्। केही फिचरहरु भने फरक छन्। यस्तै २१० भेरियन्टले भने नयाँ कलर विकल्पहरु पाउनेछन्। यस्तै फ्युल ट्यांक र सिट पनि नयाँ हुनेछ। साइड प्यानल र फ्रन्ट मडगार्ड पनि उपलब्ध हुनेछ। साथै र्‍याली किट पनि यसमा उपलब्ध हुनेछ, जुन फ्याक्ट्री फिटिङ विकल्पमा हुनेछ।